काठमाडौं । नेपाल सरकार केन्द्रीय तथ्यांक विभागले २०७८ मा गरेकाे राष्ट्रिय जनगणनाकाे नतिजाप्रति राष्ट्रिय ख्रिष्टियन महासंघले आज एक विज्ञप्ति जारिगर्दै नेपाल सरकारकाे ध्यानाकर्षण गराएकाे छ।
महासंघ आफैले आफ्ना समुदायकाे संख्या यकिन गर्न तथ्यांक संकलन गर्न लागिरहेकाे अवस्थामा ३० लाख भन्दा बढि संख्यामा रहेकाे अल्पसंख्यक धार्मिक समुदायकाे प्रतिनिधित्व गरिरहेकाे यस महासघं समेतकाे कुनै सम्लग्नता बिनै विभागले मनाेमानि ढंगबाट तथ्यांक सार्वजानिक गरेर ख्रीष्टियन समुदायमाथि घात गरिएकाे विज्ञप्तिमा उल्लेख छ।
महासंघका अध्यक्ष सि बि गहतराजद्वारा हस्ताक्षरित विज्ञप्तिकाे पुर्ण पाठ यस्ताे छ:
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल विधिवत रुपमा नेपाल सरकारमा दर्ता भई स्वभिमान र अधिकार सम्पन्न नेपालीख्रीष्टियन समुदायको सुनिश्चतताको लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समवृद्ध नेपालको परिकल्पना गर्दै
विश्वभरी रहेका नेपालीभाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमाका निम्ति निरन्तर रुपमा क्रियाशील रहेको
अवगतका साथै प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक नतिजा प्रकाशन सम्बन्धमा राष्ट्रिय
ख्रीष्टियन महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली ख्रीष्टियन समुदायको आफै तथ्यांक संकलन गर्न लागी रहेको
कुरा पनि सम्पुर्णलाइ जानकारी गराउँदछौ । १२ औं राष्ट्रिय जनगणना २०७८ ले ३० लाख भन्दा बढी जनसंख्या भएको
ख्रीष्टियन समुदायको तथ्यांक ख्रीष्टियन धर्मालम्वी प्रति धर्मका विषयमा सोधपुछ नै नगरी गरिएको जनसंख्या गणना
कार्यलाई असहमती रहेको जानकारी गराउँदछौं । धार्मिक पूर्वाग्रही राखी सोधपुछ नगरी, पक्षपात, पूर्वाग्रही, गलत, असत्य
झुट्टो धार्मिक प्रतिशत विवरण, जनगणना तथ्यांक प्रकाशन भएकोमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको गम्भीर
ध्यानाकर्षण भएको छ ।
ख्रीष्टियन महासंघसँग समन्वय नगरिएको, ख्रीष्टियन समुदायबाट जनगणनाका लागि प्रतिनिधित्व नगराइएको,
सम्बन्धित सरोकारवाला ख्रीष्टियन महासंघसँग भएको सत्यतथ्य आँकडालाई ढाकछोप गर्दै अल्पसंख्यक समुदायमा रहेका,
राज्यको पहँचमा नपुगेका ख्रीष्टियन समुदायमा धर्मका विषयमा धार्मिक प्रतिशत उल्लेख गरिएको सन्दर्भमा जनगणना
आँकडामा भएको ख्रीष्टियन समुदायको प्रतिशत १.७६% झुट्टा रहेको एकिन भन्न सकिने अवस्था रहेको संख्यालाई लोप
गराई अन्यायपूर्ण धार्मिक प्रतिशत आँकडा प्रस्तुत गरेर अन्यायपूर्ण कार्य गरेको हुँदा सच्याई पाउन जोडदार माग गर्दछौं ।
राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन २०७९ चैत्र १० सार्वजनिक गरिएको थियो । त्यस मध्येमा धर्मको
नजिता २०८० जेठ १९ गते गर्नु र धर्मको नतिजा मात्र पछी सार्वजनिक गर्नुमा राष्ट्रिय तथ्यांक कार्यालय प्रतिको काममा
शंकास्पद देखिएको ध्यानाकर्षण गराउन चाहन्छौ ।
गम्भीर षड्यन्त्रण, पूर्वाग्रह, समुदायको मनोवल गिराउने किसिमको देखादेख ढाँट छल गरी, पवित्र ख्रीष्टियन धर्मालम्वीहरुका
विषयमा सोधपुछ नगरी हचुवाको भरमा प्रकाशन गरिएको धार्मिक प्रतिशत आँकडामा हाम्रो गम्भीर आपत्ती छ । यसर्थ यस
विषयमा राज्य पक्षबाट ढिलो गरी जनसंख्या तथ्यांक प्रकाशन गरी दमन, अत्याचार, दोश्रो दर्जाको हैसियतमा राख्ने कार्य,
सत्य आँकडालाई झुट्टो भन्ने अधिकार कोही कसैलाई नभएको हुँदा ख्रीष्टियन धर्म प्रति वेवास्ता, बेसरोकार, सोधपुछ नगरी,
जथाभावी प्रकाशन गरिएको १.७६% धार्मिक प्रतिशत तथा जनसंख्या गणनामा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको गम्भीर
आपत्ति र असहमती भएकोले सो जनसंख्या गणनाको धार्मिक प्रतिशत पुनरावलोकन तथा पुन राष्ट्रिय ख्रीष्टियन महासंघ
नेपालसँग समन्वय गरी ख्रीष्टियनहरुको तथ्यांक लिई सच्याई प्रकाशन गर्न समेत अनुरोध गर्दछौ।
सि बि गहतराज
अध्यक्ष
