सुमन श्रेष्ठ,काठमाडौं । रास्ट्रीय ख्रिस्टियन महासंघ नेपालले अध्यक्ष चरी बहादुर गहतराजलाई इसाई समुदायको हित र महासंघ को मूल्य मान्यता बिपरित कार्य गरेको भन्दै निलम्बन गरेको छ।
महासंघले एक बिज्ञप्ति सार्बजनिक गर्दै अध्यक्ष गहतराजले गरेको कार्यले महासंघको विधानको धारा १० लाई आकर्सित गरि महासंघ को बिधान बिपरित कार्य गरे गराएको कारण महासंघकै बिधान को धारा ४४ अनुसार एक तिहाई बहुमतले अविस्वासको प्रस्ताब सहित अध्यक्ष गहतराजलाई निलम्बन गरेको जनाएको छ ।

सार्बजनिक बिज्ञप्तिमा अध्यक्ष गहतराजलाई लगाईएको आरोपको बिधान बमोजिम लिखित जवाफ सहितको स्पस्टिकरण समेत महासंघले मागेको छ। महासंघले सार्बजनिक गरेको उक्त पत्रमा सीबी गहतराजलाई सम्बोधन गर्दै निलम्बन गर्नुका प्रमुख ११ बुदा हरु समेत सार्बजनिक गरेको छ।

जसमा इस्रायल लैजाने भन्दै अध्यक्ष गहतराजले इसाईहरु बाट पैसा उठाएको र भनेबमोजिम काम नगरेको साथै पैसा फिर्ता समेत नगरेको, समुदायको हित बिपरित सामाजिक संजाल बाट विभिन्न व्यक्तिहरुलाई धम्कि दिएको, महासंघ को बिधान बिपरित एकलौटि ढंगले समुदायको मर्म पिपरित काम गरेको, गैडाकोट ग्रेस चर्चाको जग्गा अपचलन गरेको, साथै महासंघ मा पदाधिकारीको सल्ला र समुदायको हित बिपरित मनोमानी ढंगले महासंघमा तालाबन्धि गरेको लागाएतका आरोप महासंघले अध्यक्ष गहतराजलाई लगाएको छ।
https://m.facebook.com/watch/?extid=MSG-UNK-UNK-UNK-FBL_GK0T-GK1C&v=990370908804776&paipv=0&eav=AfZDbZDEMR_kBUV2LiQXOKSfkjeYe-YEZ4obF51uGzM35f2aSRbI1SFuo1V_gciPf2A&wtsid=rdr_0iuhC8Fj6oA2TRIr1&_rdr
