“मेरो गुमेको पहिचान भन्दा ठुलो मेरो पद होइन”
बिराटनगर। जसपाको तर्फबाट प्रदेश नं. १ मा स्वस्थ्यमन्त्री रहनु भएको निर्मला तावा लिम्बुले प्रदेश सरकारबाट समर्थन फिर्ता लिदै आज राजीनामा दिनुभएको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन भने उनी गत पुस २५ गते मन्त्री पदमा नियुक्त भएकी थिइन् ।
राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् । कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले बताइन् । उनले पहिचान पक्षधरबाट आफ्नो चरित्र हत्या गरेको बताइन् । सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन् । आइतबार पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।
जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए । सरकारमा बसेर पार्टीको तर्फबाट मन्त्री पहिचानको एजेन्डा राख्दा सम्बोधन नभएको र सरकार पक्षबाट आन्दोलनकारीमाथि दमन गरेका कारण सरकारबाट बाहिरिएको उनले बताए ।

