काठमाडौं । पर्यटन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले यस्तो उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, “मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…”
मन्त्री किरातीले मन्त्रालयमा आएदेखि नै सुशासनका विषयमा आफू प्रतिबद्ध रहेको दाबी गर्ने गरेका छन् ।
