काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी साथीको घरमा लुकेका अवस्थामा समातिएका छन् । आइतबार राति उनलाई बुढानीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएकाे छ ।
ये पनि पढ्नाेस 👎️👎️👎️
स्रोतका अनुसार बुढानीलकण्ठको पासिकोटस्थित नारायण पौडेलको घरबाट सांसद रायमाझी लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।
पौडेल रायमाझीका अर्घाखाँचीदेखिकै छिमेकी भएको र उनीहरू सँगै माओवादीमा लागेका समेत बताइएको छ । सांसद रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पूर्जी जारी भएको खबर पाउनसाथ अर्घाखाँचीबाट काठमाडौं जान हिँडेका सांसद रायमाझी भैरहवाबाट सम्पर्कविहीन भएका थिए । सो लगत्तै नेपाल प्रहरीले खोजी कार्य तीब्र पार्दा समेत उनी फेला पर्न सकेका थिएनन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
सयौं नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छौं भन्दै झण्डै एक अर्ब बढी रकम ठगी आरोपमा यतिबेला पूर्वगृहमन्त्री समेत हिरासत पुगेका छन् ।
