काठमाडौं।नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणΡ ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पा माथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको छ ।
तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाइल अफ गरी बेपत्ता भएका छन् । उनको प्रहरीले शुक्रवार देखी नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन ।
सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।
