Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कानुनकाे बर्खिलाप गर्दै बाइबल साेसाइटीका अध्यक्ष शर्मा, धर्म शास्त्रबिक्रिमा कराेडाैँ अनियमितता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2023
14.4K

काठमाडौं । नेपाल बाइबल सोसाइटी झण्डै १८ वर्षदेखि एकै व्यक्तिको कब्जामा रहेको पाइएको छ । विगत १८ वर्षदेखि नेपाल बाइबल सोसाइटीको अध्यक्षको रूपमा क्रिश्चियन पादरी डा. बालकृष्ण शर्माले संस्थामाथि कब्जा जमाइरहेका हुन् ।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको उक्त सोसाइटीमा विगत झण्डै १८ वर्षदेखि शर्मा नै लगातार अध्यक्षको जिम्मेवारीमा छन् ।

लामो समयदेखि एकै संस्थाको अध्यक्षका रूपमा काम गरिरहेको शर्मालगायतको मिलेमतोमा लोगोस नेपाल नामक गैरनाफामुलक कम्पनी खडा गरी करोडौं रुपैयाँको धार्मिक व्यापार समेत गरिरहेको पाइएको छ ।

निःशूल्क बाँड्नुपर्ने बाइबल ८ करोडमा बिक्री :

नेपाल बाइबल सोसाइटीले निशूल्क बाँड्नुपर्ने क्रिश्चियन धर्म शास्त्र बाइबलको नै व्यापार गरिहेको फेला परेको छ ।

नेपाल सरकारले नेपाल बाइबल सोसाइटीलाई बाइबल छापेर बेच्न अनुमति नदिएपछि सन् २०१४ जुलाई २० अर्थात् २०७१ साउन ४ गते लोगोस नेपाल नामक गैरनाफामुलक कम्पनी खडा गरी बाइबल लगायतका क्रिश्चियन धर्मसम्बन्धी पुस्तकहरू छाप्ने र बिक्री गर्ने गरेको पाइएको हो ।

उक्त संस्थाले सन् २०१४ देखि २०२२ सम्म ८ करोड रुपैयाँ बराबरको बाइबल बिक्री वितरण गरेको अध्यक्ष शर्मा स्वीकार्छन् ।

बाइबल सोसाइटीका सम्पूर्ण अन्तर्राष्ट्रिय साझेदारका रूपमा रहेका संस्थाहरूले समेत लोगोस नेपालसँग सहकार्य गरी अवैध तरिकाले बाइबल विक्री वितरणमा सघाएको देखिन्छ ।

बाइबल छापेर बेच्ने गरी नयाँ संस्था बनाउने कार्यमा नेपाल बाइबल सोसाइटीको बोर्ड, युनाइटेड बाइबल सोसाइटी र नेपाली चर्च समेत संलग्न रहेको पाइएको छ ।

नेपाल बाइबल सोसाइटीले सिधै बाइबल बिक्री वितरण गर्न नपाउने भएपछि कानुनी रूपमा अलग अस्तित्व रहने गरी लोगोस नेपाल नामक संस्था खडा गर्न ती संस्थाहरुको समेत प्रत्यक्ष संलग्नता रहेको देखिन्छ । भने, यसको मुनाफामा समेत उनीहरूको मिलेमतो रहेको पुष्टि हुन्छ ।

नेपाल बाइबल सोसाइटीको बोर्ड, साधारण सदस्यहरू त्यसका स्टाफहरू, युनाइटेड बाइबल सोसाइटी, नेपाली चर्चको बुझाइमा समेत लोगोस नेपाल  नेपाल बाइबल सोसाइटीको अंग रहेको स्वीकार्छन् ।

नेपाल बाइबल सोसाइटी निकट स्रोतका अनुसार नेपालमा बाइबल छाप्नको लागि विभिन्न विदेशी संघ संस्थाहरूले अनुदान दिने गरेका छन् । तर उक्त अनुदानमा छापिएको धर्मशास्त्र नै लोगोसमार्फत् संस्थाले खुलेआम बिक्री वितरण गरिरहेको छ । भने, अचम्मको कुरा त लोगोस नेपालबाट बाइबल खरिद गर्ने गरेको समेत स्रोतको दाबी छ ।

नेपाल बाइबल सोसाइटीले नै उक्त बाइबल पुस्तकको हजार रुपैयाँ बढी मूल्य राखेर बेच्ने गरेका छन् । अनुदानमा पाइने रकमबाट बाइबल छापेर चर्को मूल्यमा बिक्री गरिरहेको सोसाइटीको आम्दानी समेत पारदर्शी छैन ।

संस्थाको आम्दानीबाट किनेका सम्पति समेत व्यक्तिको नाममा राखेर मनोमानी भइरहेको क्रिश्चियन समुदायभित्रकै गुनासो छ । जसमा बाइबल सोसाइटीका अध्यक्ष शर्मा नै प्रत्यक्ष संलग्न रहेको बाइबल संस्था निकट स्रोत बताउँछ ।

नेपाल बाइबल सोसाइटीका सिइओको रूपमा कार्यरत तेज बहादुर जिरेल समेत लोगोस नेपालको म्यानेजिङ डाइरेक्टर एमडी रहेको पाइएको छ ।

नेपाल बाइबल सोसाइटीको प्रमुख कार्यकारी अधिकृत सिइओ तथा लोगोस नेपालका म्यानेजिङ डाइरेक्टर एमडी जिरेल समेत वर्षौंदेखि जागिरेका रूपमा तलब सुविधासहित कर्मचारीका रूपमा कार्यरत छन् भने अध्यक्ष शर्मा, सिइओ तथा एमडी जिरेल तथा संस्थाको बोर्ड नै खुलेआम धर्मशास्त्र बाइबलको व्यापारमा संलग्न रहेको देखिन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा विसं. २०७१ साउन ४ गते गैरनाफामुखी कम्पनीका रूपमा लोगोस नेपाल दर्ता छ ।

गैरनाफामूखी कम्पनीका रूपमा दर्ता भएर हालसम्म झण्डै ८ करोडको बाइबल बेचेर आम्दानी गरेपछि कम्पनीले राज्यलाई समेत गैरनाफामुलक कम्पनीको आडमा ठगी गरेको देखिन्छ ।

लोगोस नेपालले सार्वजनिक मूल्य सूची नै राखरे खुलेआम क्रिश्चियन धर्मशास्त्र बाइबल तथा क्रिश्चियन धर्मसँग सम्बन्धित पुस्तकहरू बेचेर लगातार नाफा कमाइरहेको छ ।

यति मात्र त होइन अध्यक्ष शर्मा र सिइओ जिरेलको प्रत्यक्ष संलग्नता रहेको लोगोस नेपालले ललितपुरको भनिमण्डलमा छुट्टै कार्यालय नै राखेर कम्पनी चलाइरहेको छ ।

लोगोस नेपाल र नेपाल बाइबल सोसाइटीको अस्तित्वको प्रश्न उठेर अध्यक्ष शर्मा र सिइओ तथा एमडी जिरेलको टसलका कारण यो विषय श्रम अदालतसम्म पुगेको छ ।

अदालतमाथि ठाडो चुनौती :

अध्यक्ष डा. बालकृष्ण शर्मा नेतृत्वको कार्यसमितिले नेपाल बाइबल सोसाइटीका प्रमुख कार्यकारी अधिकृत सिइओ तेजबहादुर जिरेललाई संस्थाबाट निकालेपछि उनी श्रम अदालत पुगे ।

सिइओ जिरेललाई सोसाइटीले पदबाट निकाल्नुको पछाडिको रहस्य समेत लोगोस नेपाल रहेको पाइएको छ ।

अध्यक्ष शर्मा लगायतको बोर्ड र त्यसका कर्मचारीहरु, युनाइटेड बाइबल सोसाइटी, नेपाली चर्चले लोगोस नेपाल नेपाल बाइबल सोसाइटीको अंग रहेको दाबी गर्छन् ।

स्रोतका अनुसार सिइओ जिरेलले लोगोस नेपाल स्वतन्त्र कम्पनी रहेको र नेपाल बाइबल सोसाइटीको अंग नभएको भन्ने तर्क गर्दा संस्थामा द्वन्द्व सुरु भएको हो ।

यद्यपि यसमा श्रम अदालतले नै स्पष्ट रूपमा सिइओ जिरेलको पक्षमा फैसला गरिदिएको छ । श्रम अदालतले जिरेललाई सिइओ पदमा पुनर्बहाली गर्ने फैसला गरे पनि नेपाल बाइबल सोसाइटीले अदालतको आदेशलाई ठाडो चुनौती दिइरहेको छ ।

जसमा नेपाल बाइबल सोसाइटीको सिंगो कार्यसमितिको संलग्नता भेटिएको छ । स्रोतका अनुसार अदालतको फैसलाको पत्र प्राप्त भइसकेपनि आफूलाई जानकारी नभएको अधक्ष शर्मा बताउँछन् ।

उक्त संस्थाले अदालतको फैसला कार्यान्वयनको पत्र बुझेर पनि सिइओ जिरेललाई पुनर्बहाली नगरी उल्टै पत्र नै प्राप्त नभएको बताउने गरेको छ । सिइओ जिरेल भने फेरि पनि फैसला कार्यान्वयनका लागि फेरि अदालतसँग हार गुहार गरिरहेका छन् ।

झण्डै १८ वर्षदेखि अध्यक्षमा एकलौटीबारे के भन्छन् डा. शर्मा ?

नेपाल बाइबल सोसाइटीको अध्यक्षमा झण्डै १८ वर्षदेखि डा. बालकृष्ण शर्मा नै अध्यक्षका रूपमा एकलौटी गरिहेका छन् ।

कार्यसमतिमा आफ्नो प्रभाव कायम गरी उनी निरन्तर संस्थाको अध्यक्ष बनिरहेको पाइएको छ । यति मात्र होइन नेपाल बाइबल सोसाइटीको आडमा लोगोस नेपाल नामक कम्पनी  चलाएर अवैध धन्दा समेत गरिरहेका छन् ।

यति लामो समय एक जना व्यक्ति अध्यक्ष कसरी रु भन्ने राजधानी लाइभको प्रश्नमा अध्यक्ष शर्मा भन्छन्, ‘”यत्रो वर्ष मैले चाहेर अध्यक्ष पदमा बसिरहेको होइन, मलाई बस्न आवश्यक पनि छैन । म आफै अन्य राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुमा पनि आबद्ध छु । तर बाइबल सोसाइटीलाई राम्रो बनाउन बोर्ड सदस्यहरुले अनुरोध गरेका कारण बाध्य भएर नेतृत्व सम्हालेको हुँ ।”

संस्थामा विधानतः ६० वर्षको उमेर हद समेत छ । यद्यपि शर्मा शक्तिको आडमा विधान मिचेरै ६० वर्ष उमेर कटिसक्दा समेत अध्यक्ष पदमै बसिरहेका छन् ।

याे सामग्री rajdhanilive.com बाट जस्ताकाे तस्तै साभार गरिएको हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved