दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिम पहिरोमा परेका तीन जनाको शव फेला परेको छ भने दुई जनाको खोजी कार्य भइरहेको छ ।
मंगलबारदेखि यार्सा टिप्न जाने क्रममा हिम पहिरोमा परेर सम्पर्कविहीन भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
सात जनाको उद्धार हुँदा पाँच जना सम्पर्कविहीन भएका थिए । उनीहरूमध्ये तीन जनाको शव फेला परेको हो ।