काठमाडौं । घरकाे छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा ( शम्काेभु )काे उपचारका क्रममा ज्यान गएकाे छ ।
ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाकाे आज मङ्गलवार दिउँसाे ज्यान गएकाे अस्पतालले जनाएकाे छ । मृतक थापा सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुनुहुन्छ ।
गएकाे वैशाख ४ गते बिहान ४ बजे चितवनकाे भरतपुर महानगरपालिका–११ मा रहेको राष्टिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको घरको छतबाट खसेर चालक थापा घाइते भएकाे थियाे । त्यसपछि भरतपुरमा सामान्य उपचार गरेपछि थप उपचारका लागि थापालाई ललितपुर ल्याइएको थियो । थापा घरकाे छतबाट खसेकाेबारे अनुसन्धान भइरहेकाे छ ।
सामाजिक सञ्मृजालमा थापाकाे घटनालाई जाेडेर पार्टि अध्यक्ष लामिछानेमाथि बिभिन्थान टीका टिप्पापणि चलिरहेकाे छ भने मृतक थापाकाे मृत शरिरलाई पाेस्टमार्टमका लागि अहिले पाटन हस्पिटल लगिएकाे श्राेतले जनाएकाे छ ।
