ओखलढुंगा । सुनकोशी गाउँपालिकामा दुई घरमा आगलागी हुँदा १८ लाख बराबरको क्षती भएको छ । गाउँपालिकाको वडा नं. २ लुकुवा डाँडा स्थित भक्त बहादुर तामाङ र शान्तामाया तामाङको घरमा आगलागी हुँदा १८ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए।
आगलागीबाट भक्तबहादुरको ढुङ्गा माटोले बनेको फुसको छाना भएको दुई तले घर पूर्णरुपमा जलेर नष्ट भएकोा छ । घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र एक तोला सुन समेत पुर्ण रुपमा जलेर नष्ट हुँदा ११ लाख बराबरको क्ष्ती भएको प्रहरीले जनाएको छ ।
सोही स्थान बस्ने शान्तामायाको ढुङ्गा माटोले बनेको, फुसको छाना भएको, एक तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा ७ लाख बराबरको क्षती भएको छ । प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीको टोली र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आईसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
