ओखलढुंगा। खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एक महिला घाईते भएको छ । शनिबार दिउँसो अविरल वर्षा, हावाहुरीसँगै परेको चट्याङले गाउँपालिकाको वडा नं. २, तोपाडाँडा बस्ने वर्ष ५९ को देवमाया बुढाथोकी घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
बुढाथोकी आफ्नै घर भित्र बसिरहेको अवस्थामा चट्याङले लागेर घाईते भएपछि स्थानीयहरुले प्रहरी चौकी रगनीमा खबर गरेका थिए । रगनीबाट खटिएको प्रहरीको टोलीले बुढाथोकीलाई उपचारको लागि एम्वुलेन्स मार्फत रामेछाप स्थित मन्थली अस्पताल पठाएको प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए।
निरिक्षक दासका अनुसार उनी अहिले बोल्न नसक्ने अचेत अवस्थामा रहेकी छिन् । उपचारमा बुढाकाथोकीको श्रीमान सुर्यबहादुर बुढाथोकी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
