Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘काँडेतार’ सेन्सरविरुद्ध अदालत जाने निर्देशक नवलको चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 26, 2023
29

काठमाडौँ । फिल्म सेन्सरको विषयले बेला बेलामा चलचित्र क्षेत्र गर्माउने गर्छ । फिल्म रिलिजको समय कतिपय निर्माताले सेन्सरको विषय चर्चाका लागि बाहिर ल्याउने र स्क्यान्डल गर्ने गर्छन्, भने कतिपयले सेन्सर बोर्डले फिल्म नबुझेको आरोप समेत लगाउँछन् ।

यतिबेला फिल्म ‘काँडेतार’ को सेन्सर विषय चर्चामा छ । सोमबार भएको सेन्सरमा फिल्मले रिलिज अनुमति नपाएपछि यो विषयले चर्चा पाएको हो । चलचित्र सेन्सर बोडले ‘काँडेतार’लाई रिलिज अनुमति नदिएको भन्दै निर्माता निर्देशक नवल खड्काले आपत्ति जनाउँदै आएका छन् । उनले यो विषयमा आफू अदालत समेत जाने चेतावनी दिएका छन् ।

‘सेन्सर बोर्डले प्रदर्शनका लागि हामीलाई सर्टिफिकेट दिएको छैन । हामीले फिल्म बिना काटछाट प्रदर्शन गर्न पाउनुपर्छ भन्ने हो’, नवलले भने ‘सेन्सरले केही संवाद र दृश्यहरू सुधारेर ल्याउन सुझाव दिएको छ । त्यो दृश्य काट्दा फिल्म बिग्रन्छ ।’ आफूले कुनैपनि दृश्यहरू नकाटी दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको र उक्त अपिल सेन्सर बोर्डले नसुने अदालत जाने नवलले बताए । सेन्सरले बिना कारण आफूलाई दुःख दिएको नवलको भनाई छ ।

सेन्सरले सहयोग गरेर भनेर म भन्दिन धेरै सहयोग गर्नु भएको छ । तर जुन दृश्य काट्नु भनेको छ । त्यो हटाउन म तयार छैन’ नवलले थपे । आफूले राष्ट्रको मुद्दा फिल्ममा उठाउँदा दुःख पाएको उनले सुनाए ।

चलचित्र सेन्सर बोर्डका अध्यक्ष नेत्र सुवेदीले काँडेतारका निर्माता निर्देशक नवल खड्काले सानो कुरो ठुलो बनाएर प्रचारबाजी गरेको आरोप लगाए । फिल्मको विषयमा चलचित्र सेन्सर बोर्डले केही लफडा नदिएको बरु केही लिखित सुझाव दिएको र त्यो सच्चिएर आए प्रदर्शन अनुमति पाउने सुवेदीले बताए ।

‘एउटा नेपालीले फिल्म बनाएको छ । कारोबार गर्न खोजेको छ हामी त्यसको विरोध गर्दैनौ’, सुवेदीले भने ‘फिल्ममा दुई देशको मामलाको विषय छ, अलिअलि शब्दहरुमा केही निकायलाई होच्याएइको छ ।  केही सरकारी निकाएको बोर्ड प्रयोग गरिएको छ । त्यही सच्याउन भनेका हौ ।’

फिल्ममा कुनैपनि सरकारी निकायको ओरिजिनल बोर्ड राख्न नपाइने बताउँदै सुवेदीले भने, ‘त्यो बोर्ड हटाउन भन्नु गलत हो र ? ।’

‘कि मैले डकुमेन्ट्री बनाएको भन्नुपर्‍यो । फिल्म बनाएपछि राज्यले निर्धारण गरेको केही मर्यादा पालना गर्नुपर्छ’ सुवेदीले अगाडि थपे ‘एक दृश्यमा मोटरसाइकल चालकले हेलमेट लगाएको छैन । त्यस्तो दृश्यमा ट्राफिक नियम पालना गरौं भनेर लेख्नुस् भनेका छन् । के यो गलत हो ?’ फिल्म सन्सेरमासँगै बसेको र त्यसपछि छलफल गरेर नवल खुसीकासाथ दिएको सुवेदीले खुलाए । ‘नवल जीलाई भेटे भने तपाईको असन्तुष्ट के हो भनेर प्रश्न गर्न मन लागेको छ’, सुवेदीले थपे ‘मिडियामा यसरी हल्ला गर्दैमा प्रेसर पुग्छ भनेर उहाँले सोच्नु भएको होला । यस्तो कुरोमा म डराउनेमा पर्दिन ।’ 

कस्तो फिल्म हो ‘काँडेतार’ ?

‘काँडेटार’ राष्ट्रियताको विषयमा निर्माण भएको फिल्म हो । सीमाना क्षेत्रको विभिन्न समस्या र सीमाना क्षेत्रमा काँडेतार लगाउनुपर्ने विषय मुद्दाको रुपमा फिल्मले उठाएको छ । एउटा नागरिकले आफ्नो भूमि संरक्षण र नागरिकलाई राष्ट्रियता बोध गराउने कथा समेत फिल्मको विषयवस्तु भएको निर्देशक खड्काले बताए ।

फिल्ममा नवल खड्का, गौरव पहाडी, सुरवीना कार्की, रेबिका गुरूङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, रोमियन लिम्बु, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रवी शाह, ज्ञानेन्द्र कोइराला, अञ्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्काको अभिनय फिल्ममा छ । गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्मका निर्माता माकिको राई र अञ्जु केसी हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved