काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित पूर्वाधार पत्रकारहरुसंग अन्तरक्रिया गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।
विकास निर्माणका क्षेत्रमा भैरहेका ढिलासुस्ती र अनियमिताप्रती आफू गम्भीर रहेको समेत उनले बताए ।
मन्त्री ज्वालाले विकास निर्माणका काममा अन्तरमन्त्रालय समन्वय गरेर आफू अघि बढ्ने समेत बताए ।
