आकाश मगर, उदयपुर।
कोशि प्रदेश उपसभामुख सृजना दनुवार बचनमा पक्का नेता ठहरिनु भएको छ ।जनताको घर आगनमा जनताको जिवन अवस्था बुझ्दै जादा त्रीयुगा नगरपालिका वडा ७ शहरे पुग्नु भएको थियो ।
२०७९ सालको अत्याधिक बर्षा र बाढिले जनताको खेतियोग्य जमिन कटान गरेको ठाउको स्थलगत भ्रमण गर्नु भएको हप्ता दिन नबित्दै आवश्यक तारजालि जिल्ला सिचाई कार्यलय उदयपुरबाट पहल गरि उपलब्ध गराउनुभएको हो। धेरै समय नगरपालिका धाउदा पनि सम्वोधन नभएको मागलाइ माननिय उपसभामुखले सम्बोधन गर्नुभएको हो ।
आफ्नो खेतियोग्य जमिन संरक्षणको लागि तारजालि उपलब्ध गराउनु भएकोमा किसानहरु उपसभामुख प्रति खुसि भएको बताएकाछन यधपि उपलब्ध गराईदिएको तारजालि लगाउनलाई आर्थिक अभाब भएकोले केहि अन्योलमा परेका एक किसानले बताए।
