बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा भीषण डढेलो दन्किरहेको छ । मंगलबार रातिदेखि निकुञ्ज क्षेत्रमा भीषण डढेलो सुरु भएको हो । निकुञ्ज क्षेत्रको बाक्लो जंगल क्षेत्रमा दन्केको डढेलोका कारण वन्यजन्तु उच्च जोखिममा परेको देखिन्छ ।
रातिको समयमा डढेलो लागेका कारण बाक्लो धुवाँलो मुस्लोले निकुञ्ज क्षेत्रमा आवतजावत गर्ने सवारी साधनलाई समेत सास्ती भैरहेको छ । यद्यपि सम्बधित निकायले डढेलो नियन्त्रणका लागि कुनै पहल नलिएको स्थानीय बताउछन् ।
