काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई काठमाडौंमा ल्याइएको छ ।
उनलाई आज चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट थप उपचाकारका लागि काठमाडौं ल्याइएको हो ।
उनको थप उपचार नेपाल मेडिसिटी अस्पतालमा पठाइएको लामिछानेले बताएका छन् ।
रविका अनुसार थापाको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख छ ।
“बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारका लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,” रविले भनेका छन् ।
