Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एनआईसी एशिया बैंक रुपन्देहीमा तालाबन्दी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 17, 2023
3 shares

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा तालाबन्दी भएकाे छ । बैंकले ज्यादती गरी करोडौंको सम्पत्ति नियतबस लिलामी प्रक्रियामा लगेको भन्दै सेवाग्राही र व्यवसायिकसंस्थाहरुले तालाबन्दी गरेका हुन् ।

स्थानीय पर्यटन तथा होटल व्यवसायी उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको छ ।

१५ करोड बढी मुल्य पर्ने जग्गा धितो लाखेर ४ करोड ऋण निकालेका मिश्राले २०७९ असोज मसान्तदेखि किस्ता नतिरेपछि बैंकले लिलामी प्रक्रियामा लैजान ताकेता गर्दै आएको थियो ।

आर्थिक संकटले किस्ता तिर्न नसकेका मिश्रालाई १० लाख बुझाएमा तत्कालका लागि लिलामी प्रक्रियामा नजाले र किस्ता तिर्न बैंकले केही समय उपलब्ध गराउने आश्वासन दिएर झुक्याएको पीडित बताउँछन् ।

मिश्राका अनुसार बैंकका म्यानेजर प्रविन रायमाझीले भने अनुसार नै उनले गत चैत्र २२ गते १० लाख रुपैयाँ लगेर रकम जम्मा गराए । त्यसको केही दिनपछि चैत्र २५ गते एनआइसी एसियाको क्षेत्रीय कार्यालय भैरहवा बोलाएर त्यहाँका प्रमुख तिलक सुन्दर कार्कीले थप ९ लाख बुझाउनु पर्ने नत्र लिलामी प्रक्रियामा जाने चेतावनी दिए । मिश्राले थप ९ लाख जोहो गर्नका लागि थप केही दिन समय मागे ।

केही दिनमा ९ लाख जम्मा गरेपछि केही दिनका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किएका उनलाई पुन बैंकले फोन गरेर भन्यो ‘९ लाखले पुग्दैन ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौं ।’

उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै पीडित मिश्राले किस्ता तिर्ने भाका माग गरे । तर, बैंकले २०७९ सालको अन्तिम दिन चैत्र ३० गते नै लिलामी प्रक्रियाका लागि सूचना जारी गर्यो ।

आर्थिक संकटले व्यवसायी धरासायी भएको अवस्थामा यसरी बैंकले नियतबस नै जग्गा लिलामी प्रक्रियामा लैजाने तथा ज्यादती गरेपछि तालाबन्दी गर्नुपर्ने अवस्थामा पुगेको बताउँछन् उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली ।

आइतबार सेवाग्राहीले एनआईसी एसिया बैंकका लुम्बिनी शाखा अगाडि नाराबाजी सहित ज्यादतीको बिरोध गरेका थिए । बिरोध तथा तालाबन्दी कार्यक्रममा सिद्धार्थ होटल एशोसिएसन संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

तालाबन्दीपछि बैंक प्रशासनले समस्या समाधानका लागि छलफल गर्न तयार रहेको भन्दै सोमबारका लागि समय दिएपछि ताला खोलिएको छ । घटना बारे बुझ्न खोज्दा बैंकका लुम्बिनी शाखाका म्यानेजर प्रविन रायमाझीले सोमबारको छलफल गर्ने भनि समती भएको बताउँदै अन्य कुरा खुलेर गरेनन् ।

बैंकले कानूनी प्रक्रिया अनुसार नै अघि बढेको बताउँदे उनले सोमबारको छलफलबाट समाधान निस्किने उल्लेख गरे ।

यसैगरी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले पनि नियम अनुसार नै बैंक अघि बढेको दाबी गरेका छन् । हाल आफू काठमाण्डौंमा रहेको बताउँदै उनले सोमबार रुपन्देही आएर छलफल गरी निष्कर्श निकाल्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved