Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिल्ला समन्वय समिति खोटाङद्वारा बिभिन्न चार सडक कालोपत्रे गर्न माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 17, 2023
29

खोटाङ । जिल्ला समन्वय समिति खोटाङले चार वटा सडक कालोपत्रे गर्नका लागि बजेट व्यवस्था गर्न भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासमक्ष माग राखेको छ ।

मन्त्री ज्वालालाई आइतबार मागपत्र बुझाउँदै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, जालपा–बाक्सिला सडक,धाप्लाङ–धर्तुङ–चिसापानी–डम्बर्खुशिवालय–भञ्ज्याङखर्क सडक र ग्राभेल भइसकेको साप्सु खोला मात्तिम–मानेभञ्ज्याङ–खिदिमा–पान्धारे भोजपुर सडक कालोपत्रे गर्नका लागि प्राथमिकता क्रमभित्र राखेर बजेट व्यवस्था गरिदिन माग गरेका हुन् ।

जिल्ला समन्वय समितिको चैत २५ गतेको सातौं जिल्लासभाको निर्णय अनुसार जिल्लाको प्राथमिकता क्रमभित्र राखिएका र दुईभन्दा बढी पालिका समेट्ने सडक कालोपत्रेको व्यवस्थाका लागि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय समक्ष माग राखिएको हो ।

जिल्ला समन्वय समितिले दिक्तेलको अस्पतालचोकबाट साप्सुखोला, मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–रोक्सिङभञ्ज्याङ–खोटाङबजार–चिसापानी–मौवाबोटे–बंशिलाघाट जोड्ने सडक (१५० किलोमिटर) स्तरोन्नती गर्न माग राखेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने सडकको ट्र्याक ओपन भइसकेका कारण स्तरोन्नतीको माग गरिएको जिल्ला समन्वय समिति प्रमुख राईले बताए ।

यस्तै, रसुवा–सिमपानी–इन्द्रेणीपोखरी–रोक्सिङ मुलडाँडा–पान्धारे सडक, खोटाङबजार–सावा–वाप्लुखा–लिकुवापोखरी–मापाखाम–भञ्ज्याङ भोजपुर जोड्ने सडक र दिक्तेल–सोल्मा–तालखर्क–बगरेभञ्ज्याङ–पाथेका सडक ग्राभेलका लागि माग राखिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिले जिल्लासभामा मध्यपहाडी राजमार्ग अन्तर्गत जयरामघाट–हलेसी (३५ किमी) सडक खण्डलाई मध्यपहाडी लोकमार्गको मापदण्डमा स्तरोन्नती गर्न मन्त्री समक्ष माग गरेको छ ।

हाल साँढे चार मिटर मात्र फराकिलो रहेको जयरामघाट–हलेसी सडकलाई मध्यपहाडी लोकमार्गकै मापदण्ड अनुसार बनाउन ध्यानाकर्षण गराइएको प्रमुख राईले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved