आकाश मगर, उदयपुर। कोशि प्रदेश सभाका उपसभामुख सृजना दनुवार जनताको घर आगनमा पुग्नु भएको छ । बिहिबार त्रीयुगा नगरपालिका वडा नम्बर ७ का वडाधक्ष्य अमर बहादुर दनुवारको संयोजकत्वमा त्रीयुगा नगरपालिकाको उप मेयर महेस्वरि राई लगायतले त्रीयुगा नगरपालिका ७ का बिभिन्न बाटोघाटो , बिधालय र बर्षामा बाढिले कटान गरेको जमिनको अबलोकन गर्नु भएको छ ।
२०७९ सालमा आएको अत्याधिक बर्षाले किशानको खेतियोग्य जमिन कटान गरेपछि किशानहरु निरासमा थिए, वडा नम्बर ७ का स्थानिय डिक बहादुर मगरका अनुसार नगरपालिकामा मेसिनको माग गरेर स्टिमेट र सबै कागजपत्र पुरा गरेर लगे पनि कर्मचारिले बिभिन्न बाहान बाजि गरेर मेसिन पठाएको थिएन।
यसपालि भने प्रदेसको उप सभामुख , उप प्रमुख , वडाधक्ष्य लगायत समाजसेबिहरुले गर्नु भएको अबलोकन र प्रतिबद्दताले किसान सुकुम्बासि हुनबाट जोगिने आस गरिएको छ । बाढिले प्रभाबित र कटान गरिएको ठाउहरुमा तारजालिको माग गरिएको र चाडै ब्यावस्थापन हुने समाजसेबि तथा एमाले नेता दिपक राउतले बताउनु भयो।
