Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उपत्यकाकाे तिनै जिल्लाका ख्रीष्टियनहरुले मनाय इस्टर २०२३

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 10, 2023
24 shares

 

काठमाडौं । उपत्यका ब्यापि पुनरुत्थान (इस्टर) महोत्सव २०२३ काठमाडौंको भृकुटीमण्डपमा उपत्यकाका तीनै जिल्लाका करिब २०,००० जना ख्रीष्टका विश्वासीहरुको सहभागितामा एक वृहत तथा विसाल कार्यक्रम गरी प्रभु येशू ख्रीष्टको बौरी उठाईको खुशियालीमा परमेश्वरको महिमा गर्दै सम्पन्न भएको छ ।

 

उपत्यकाका तीनै जिल्ला, ललितपुर, काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट निश्किएको शान्तिपद यात्राले काठमाडौं इस्टरमय बानाइएको थियो जसमा हजारौंको संख्यामा ख्रीष्ट विश्वासीजनहरुले भजन, कोरसहरु गाउँदै प्रभु येशू ख्रीष्टको बौरीउठाईको घोषणा गर्दै परमेश्वरको महिमा गरेकाे उक्त कार्यक्रमका सचिव समेत रहेका पास्टर  धनराज घिमिरेले बताएका छन् । उक्त र्यालीहरु काठमाडौंको भृकुटीमण्डपको खुला मैदानमा एक विशास जनसागारमा परिणत भएको थियो ।

कार्यक्रममा परमेश्वरको महिमा गर्दै आराधनामा मानिसहरु परमेश्वरमा मग्न हुनका साथै परमेश्वरलाई धन्यवाद दिइरहनुभएको थियो । उहाँले आफ्नो एक मात्र पुत्रलाई सारा मानिस जातिको पाप उठाई लानका लागि बलिदान हुनलाई दिनुभएको थियो र तेश्रो दिनमा पुनरुत्थान हुनुभई मृत्युलाई जीति अन्धकारको शक्तिलाई पराजय गर्नु भएको थियो ।

परमेश्वरको वचनबाट   रेभ.हनोक तामाङले सबैलाई उत्साहित पारेका थिए भने क्वाईनाेनिय चर्च पाटनका बरिस्ट पाष्टर डा.मंगलमान महर्जन र पा.तेज रोक्काले इस्टरको शुभकामना मन्तब्य राखेका थिए । त्यसै गरी विभिन्न मण्डलीबाट जातजातिका गीत तथा नृत्यले सबैको ध्यान मग्न बनाइएको थियो । गाइएका गीत तथा नृत्यमा सहभागिहरु पनि हर्षित हुँदै आ–आफ्नौ स्थानमा नाच्दै परमेश्वरको महिमा गरेका थिए ।

उक्त अवसरमा  कार्यक्रममा उपस्थित सयौंको संख्यामा मानिसहरुले रक्तदान गरेका थिए भने विभिन्न मण्डलीहरुबाट खानेपानी, स्ंवयम सेवक सेविका, फोहरमैला व्यवस्थापनका साथै आर्थिक भेटी दिएर कार्यक्रमलाई सफल बनाएका थिए। ।

उपत्यकाव्यापी पुनरुत्थान महोत्सव २०२३ ले नेपाली ख्रीष्टियनहरु विभाजित छैन र परमेश्वरको महिमाका लागि एकढिक्का छ भन्ने सन्देश दिएको कुरा विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरुले बताए । आयोजक समितिका सचिव पा.प्रेम महर्जनले कार्यक्रमलाई कुशलताका साथ सञ्चालन गरेका थिए भने अर्का सचिव पा.धनराज घिमिरेले कार्यक्रम सफल बनाउन विभिन्न भूमिका निभाउँदै सम्पूर्ण व्यक्तित्वहरुलाई ह्दय देखि नै धन्यवाद दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved