Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यरूशलेमको निम्ति येशू किन रुनुभयो ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 2, 2023
204 shares

यरूशलेमको निम्ति येशू किन रुनुभयो ?

बाइबलमा दुई ठाउँ येशु रुनुभयो।
पहिलो: जब उहाँको परम मित्र लाजरसको मृत्यु भयो तब उहाँ रुनुभयो। (यूहन्ना ११:३५)
दोस्रो: यरुशलेमको निम्ति उहाँ रुनुभयो। अर्को अनुवादले भन्दछ “बिलौना गर्नुभयो”। (लूका १९:४१)

आज खजुरे आइतबार (Palm Sunday) हो त्यसकारण उहाँ रुनु भएको दोस्रो घटनाबारे केही कुरा लेखिरहेको छु, किनभने उहाँ यरुशलेमको निम्ति रुनुभएको दोस्रो घटना खजुरे आइतबार (Palm Sunday) कै दिन घटेको घटना हो।
प्रभु येशू जब अन्तिमपल्ट यरूशलेम प्रवेश गर्नुभयो तब सधै भन्दा भन्दै प्रकारले विशेष उदेश्यमा र विशेष तयारीसँग प्रवेश गर्नुभयो। यस घटनालाई बाइबलमा सुसमाचारका चारैजना लेखकहरूले बयान गरेका छन्।

मत्ती २१:१-१७, मर्कूस ११:१-११, लूका १९:२८-४०, यूहन्ना १२:१२-१९
उक्त घटनालाई बाइबलमा “यरुशलेममा येशूको विजयी-प्रवेश” (The Triumphal Entry) लेखिएको छ।
त्यस दिनको यस घटनाबारे लूकाले आफ्नो सुसमाचारमा यसरी लेखेका छन्:
उहाँ जानुहुँदा मानिसहरूले आफ्‍ना वस्‍त्रहरू बाटोमा ओछ्याए।
उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्‍नुहुँदा चेलाहरूको समस्‍त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्‍ति रमाउँदै, परमेश्‍वरको प्रशंसा गर्दै उच्‍च सोरले कराउन लागे,
“परमप्रभुको नाउँमा आउने राजा धन्‍य हुन्‌। स्‍वर्गमा शान्‍ति र परमधाममा महिमा।”
अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्‍काउनुहोस्‌।”

तर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्‌।”
लूका १९:३६-‬४०
तर प्रभु येशू भीडको कोलाहल भित्र अलमलिरहनु भएन।त्यस दिन सहरमा मानिसहरुले आफ्नो वस्त्रहरु ओछ्याएर
“परमप्रभुको नाउँमा आउने राजा धन्‍य हुन्‌। स्‍वर्गमा शान्‍ति र परमधाममा महिमा।” भन्दै उच्च स्वरमा कराउदै गर्दा पनि उहाँलाई मानिसहरुको प्रशंसाले दिने खुशी भन्दा पनि यरूशलेमको निम्ति आउन लागेको बपत्तिले हृदय बिचलित बनाएको थियो।
यसकारण वचनमा अघि लेखिएको छ:
जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो, लूका १९:४१
उहाँ त्‍यस समय सहरलाई देखेर किन रुनुभयो ?
किनभने उहाँलाई त्यस सहरको भविष्य कस्तो छ भन्ने कुरा थाह थियो।
यस सन्दर्भमा वचनको रहल खण्डहरुले यसो भन्दछ:
“शान्‍ति कुन कुराले ल्‍याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्‍टिबाट त्‍यो लुकेको छ।

किनकि तँमाथि यस्‍ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्‍नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्‍नेछन्‌।
तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्‍तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकिनस्‌।”

लूका १९:४२-‬४४
त्यसदिन येशूले यरुशलेम सहरलाई हेरेर रुनुको कारण चाहि, त्यहाँदेखी उसो त्यस सहरको निम्ति परमेश्‍वरले राखिदिनु भएको कृपा-दृष्‍टिको समय अन्त हुदैथियो। किनभने तिनीहरूले येशू ख्रीष्‍टलाई क्रुसमा टाँग्न लागेका थिए जसद्वारानै परमेश्‍वरले आफ्नो स्वर्गीय शान्ति मानिसहरुलाई दिनुहुँदैथियो। तर त्यस समय देखी त्यसको दृष्‍टिबाट त्‍यो लुकेको छ। (पद ४२) तिनीहरूले आफूमाथि भएको परमेश्‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकेन। (पद ४४)

प्रभु येशूले त्यस सहरको बारेमा जुन अगमबाणी (भविष्यवाणी) बोल्नु भयो त्यसबारे मत्ती २४: १-२ मा लेखिएको छ।
उहाँले गर्नुभएको त्यो अगमबाणी उहाँको क्रुसमा मृत्यु भएको लगभग चालिस (४०) वर्ष पस्चात सन् सत्तरी (७०) ख्रीष्टाव्दमा पुरा भयो, जब रोमी सम्राट टाइटसको नित्रेत्वमा रोमी सेनाहरुद्वारा त्यस सहर माथि चडाई गरियो।
जब यहूदिया प्रान्तका रीमी विद्रोही यहूदी जातिले बिद्रोह गरे तब त्यसको प्रतिरोधमा यरूशलेमलाई घेरा हालियो।

The siege of Jerusalem
Jewish–Roman War (66–73 CE)
Date: April – 8 September 70 CE;
(4 months, 3 weeks and 4 days)
त्यस समय अठाह्र हजार (१८,०००)यहूदी सिपाहीहरूले चार महिना सम्म युद्ध गरे। यरूशलेममा जम्मा एघार लाख यहूदीहरु मारिएका थिए र रहेका यहूदीहरु जम्मा एकसय बाह्रवटा देशहरूमा बेचियो जसमध्ये भारत देश पनि एउटा थियो।
भनिन्छ, त्यस युद्ध अवधिमा जब सेनाहरुले यरूशलेम सहरलाई घेरा हालेका थिए (लूका २१:२०) तब खाना नपाएर स्त्रीहरूले आफ्नै बालकहरू खाएका थिए। (त्यस समय यर्मियाको यो अगमबाणी पुरा भएको थियो:

 

कोमल हृदयका स्‍त्रीहरूले आफ्‍नै हातले आफ्‍ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका नानीहरू नै आफ्‍नो आहार भए। विलाप ४:१०
औ रोमी सिपाहीहरूले साना साना नानीहरूलाई पर्खालमा पछारेकोले गर्दा यरूशलेमको विशाल पर्खाल रक्ताम्मे भएका थिए भने नजिकैको किद्रोन खोलामा रगतको खोला बगेको थियो।
उक्त घटनामा यरूशलेम पूर्ण रुपले ध्वंस पारियो अनि मन्दिरमा आगो लगाए। भनिन्छ, त्यस समय मन्दिरको सुनहरु लुटे। त्यसलाई खेताल्न मन्दिरको हरेक ढुङ्गाहरू सम्म् पल्टाए।

किनभने प्रभु येशूले भन्नु भएको थियो:
त्‍यसपछि येशू मन्‍दिरबाट निस्‍केर जान लाग्‍नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्‍दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए।
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।”
मत्ती २४:१‭-‬२

यसरी त्यो अगमबाणी अक्षरस पुरा भएर गयो।
यसरी त्यस समय देखी इस्राएल देश विश्वको मानचित्रबाटै हराएर गयो। त्यस घटना देखी उसो इस्राएल देशमा एउटै पनि यहूदी रहेन।
त्यस समय देखी सन उन्नाईस सय (१,९००) ख्रीष्टाव्द सम्म यहूदी जाति संसारमा सबैभन्दा धेरै अत्यचार र थिचोमिचोमा परेको जाति बन्यो। अन्तमा सन् १९४८ मई महिनाको १४ तारिख यशैया ६६:१८ अगमबाणीअनुसार पुनः एक देशको रुपमा इस्राएल फेरी उदय भयो।
यहूदी जाति त्यसरी संसारमा हेलित र अत्याचारको सिकार
बन्नुको एउटा कारण चाहि तिनीहरूले येशुको रगतको दोष आफु र आफ्नो पुस्तामाथी लिएका थिए। (मत्ती २७:२५)

यहूदी जाति र यरूशलेम शहरलाई परमेश्‍वरले जुन कृप-दृष्टिको समय राखिदिनु भएको थियो त्यो समय येशुको क्रुशको बलिदानमा अन्तिएको छ।
यसैकारण त्यस दिन येशु यरूशलेमलाई हेरेर अति बिचलित हुनुभयो। (बिलौना गर्नुभयो)
त्यस शहरबाट परमेश्‍वरको कृपा-दृष्टि हटिन्दैगर्दा उहाँले आफ्नो मन थाम्नसक्नु भएन। यसकारण उहाँ रुनुभयो।

निष्कर्ष:
तर अचम्म, सन् सत्तरी (७०) ख्रीष्टाव्दको त्यस बिपत्तिमा कोहि ईसाईहरू परेन। किनभने तिनीहरू पहिले बाटै त्यस बिपत्तिबाट जोगिन सबै प्रकारले तयार थिए। प्रभु येशूले त्यस समय कसरी आफुलाई जोगाउनु भन्ने विषयमा होसियार गराउनु भएको थियो। (मत्ती २४)
नोट: प्रभु येशुले मत्ती २४ अध्यायमा अन्तिम दिन र मन्दिर ध्वंस गरिने दुवै समयको बारेमा अगमबाणी गर्नुभएको छ। (पद ३)

यसैकारण पनि शुरुको मण्डली सबैले आफ्नो सम्पत्ति बेचेर प्रेरितहरुकहा ल्याएका थिए। किनभने तिनीहरूले आउनेवाला बिपत्तिबारे चाल पाईसकेका थिए। जब त्यो बिपत्ति आयो तब तिनीहरूलाई पछि फर्केर हेर्ने र तिनीहरूलाई अल्झाउने कुनैपनि कुराहरु तिनीहरूसँग थिएन।
यो हाम्रो निम्ति एउटा सिक्नुपर्ने उदाहरणीय घटना हो।
परमेश्‍वरले देख्न चाहानु भएको कुरा हामीले देख्न सक्नु हाम्रो श्रेष्ठता हो।
परमेश्‍वरको वचनको माध्यमबाट हेर्दा हामी पनि यस संसारको भविष्य र आउनेवाला बिपत्तिलाई देख्न सक्छौ।

जसरी यर्मियालाई परमेश्‍वरले सोध्नुभयो, “यर्मिया, तँ के देख्‍छस्‌?” (यर्मिया १:११‭, ‬१३) त्यसरी उहाँले हामीलाई पनि वचनद्वारा देखाउँनु भएको बारेमा सोधिरहनु भएको छ।
के हामीले संसारको भबिष्य रआउनेवाला बिपत्तिलाई देख्दैछौ ? अनि त्यसप्रति हाम्रो प्रतिक्रिया कस्तो छ ?

उहाँले भन्नुभयो,
“तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला।
किनकि यसरी नै सारा पृथ्‍वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ।
तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।” लूका २१:३४‭-‬३६

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved