Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 28, 2023
0 shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन रहेको बताएका छन् । महासंघले आयोजना गरेको औद्योगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमान अवस्था विषयमा गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

राउतले माग पक्षको पर्याप्त अध्ययन विना उद्योग स्थापना र सञ्चालन गर्दा उद्योग स्थापनासँगै अतिरिक्त जोखिम पनि रहने हुनाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । आन्तरिक उत्पादनलाई प्राथमिकता दिने नीति र अभ्यास नहुनु, भन्सार नीति र प्रशासनमा रहेका समस्याका कारण कच्चा पदार्थ र अन्तिम उत्पादनमा समान कर तथा शुल्क तिर्नुपर्ने अवस्था रहनु, भन्सार छलेर आयात हुने अवस्थालाई सरकारी अन्देखा गर्नुलगायत कारणले स्वदेशी उद्योग सञ्चालन हुन कठिन रहेको उनको भनाइ थियो ।

उनले स्थानीय उत्पादन भन्दा आयातित बस्तुको बजार मूल्य कम हुनु, विगतमा रहेको अत्यधिक विद्युत् कटौतीका कारणले उत्पादन लागत उच्च हुनु, सरकारले पुँजीगत खर्च गर्न नसक्नु, कतिपय उद्योगमा विना अध्ययन बाह्य लगानी भित्र्याइइनु आदि कारणले पनि स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन रहेको बताए ।

कार्यक्रममा बोल्दै रिलाएन्स स्पिनिङ उद्योगका महेश पोख्रेलले आन्तरिक आय र रोजगारी सिर्जना गर्ने टेक्सटायल उद्योग बचाउने विषयलाई सरकारले प्राथमिकता नदिँदा सुनसरी मोरङका १० भन्दा बढी ठुला टेक्स्टाइल उद्योग बन्द भएको बताए । प्रगति टेक्स्टाइललका प्रदीप निरौलाले नेपाल सरकारले टेक्स्टाइल उद्योग बचाउनका लागि गैर कानुनी रूपमा कपडा पैठारी रोक्नु नै पर्याप्त हुने बताए । कपडाको खपत सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै उनले वार्षिक ८० करोड मिटर कपडा माग नेपालमा भएकोमा आन्तरिक उत्पादन करिब ६ करोड मिटर र आयात करिब ४ करोड मिटरको तथ्याङ्क मात्र सरकारसँग रहेको बताउँदै यसबाटै कपडाको गैरकानुनी आयात ठूलो मात्रामा छ भन्ने स्पष्ट पार्ने बताए ।

रघुपती जुट मिलका निर्देशक सोमनाथ अधिकारीले जुट उत्पादन बन्द हुनु वा उद्योग रुग्ण हुनुको मुख्य कारण भारतले लगाएको एन्टी डम्पीङ नीति अन्तरगतको नियन्त्रण रहेको बताए । भारतमा कुल जुट उत्पादनको बजारको २ प्रतिशत भन्दा कम हिस्सा भएको नेपाल जुटका उत्पादनलाई रोक्नुपर्ने कारण नभए पनि नेपाल सरकारले पर्याप्त कूटनीतिक प्रयास गर्न नसक्दा हालसम्म बन्देज नहटेको उनले बताए ।

कार्यक्रममा कृषिमा आधारित उद्योग, दुग्ध प्रशोधन उद्योग आदिलाई कृषि उत्पादनसँग जोड्न नसक्दासम्म जोखिम रहने हुनाले यसलाई ध्यान दिनुपर्नेमा सो क्षेत्रका उद्योगीहरूले जोड दिएका थिए । कार्यक्रममा द एसिया फाउन्डेसनको सहयोगमा भएको हो ।

कार्यक्रममा औद्योगिक करिडोर क्षेत्रमा विगतमा तामाको तार, वनस्पति घिउ, जिङ्क अक्साइड, प्लास्टिक उद्योग लगायतका ठुला, मझौला र साना उद्योग बन्द भएको औँल्याउँदै सहभागीहरूले त्यसका कारण खोजी गरेर आगामी रणनीति निर्धारण गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved