काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन गराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाका रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।
विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।
अदालतले क्याम्पससँग चुनाव नगराउनुको कारण पनि माग गरेको छ । अन्य क्याम्पसमा भने गत चैत्र ५ गते स्ववियु निर्वाचन भइसकेको छ ।
