Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेशनामाकरण बिरुद्द आन्दाेनरत पहिचानवादी लिम्बुकाे मृत्यु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 24, 2023
[webverse_shares]

काठमाडौं । कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते धरान-१५ का पदम लिम्बु लाजेहाङको शुक्रवार बिहान २.३० बजे निधन भएको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज बिहान विज्ञप्ति जारी गर्दै जनाएको छ ।

उनको बिपी प्रतिष्ठान अस्पताल आइसियुमा उपचार भइरहेको थियो । थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमान्डु लैजाने तयारी गरिरहेको अवस्थामा वीरतापूर्ण मृत्युवरण गरेको विज्ञप्तिमा छ । टाउकोमा चोट लागेका लाजेहाङलाई बुधवार राती बान्ता गरेपछि बेहोस भएको अवस्थामा उपचारार्थ बिपी पुर्‍याइएको थियो ।

धरान-१५ मा बसोबास गर्दै आएका लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमान्डर थिए । ४२ वर्षीय लाजेहाङ मोरङ जिल्ला लालभित्ति हुर्किबाढीका छत्रबहादुर लिम्बुका छोरा हुन् । उनी २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।

संयुक्त सङ्घर्ष समितिले विज्ञप्तिमा ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ ।’ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग गरिएको छ ।

लाजेहाङलाई शहिद घोषणा गर्न माग गर्दै विज्ञप्तिमा लाजेहाङको हत्याको राजनीतिक बदला लिई छाडने, हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउने, कोशी प्रदेश नाम खारेज गराउने प्रतिबद्धता जनाउँदै संयुक्त सङ्घर्ष जारी रहने जनाइएको छ ।

दिवङ्गत लाजेहाङको शव बिपी प्रतिष्ठानको शव गृहमा राखिएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजमका अनुसार अन्तिम संस्कार दिवङ्गतको परिवार तथा पार्टीको निर्णय अनुसार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved