मकवानपुर जेष्ठ १८ । जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–७ बेशीटोलका ५० बर्षकी चन्द्रमाया प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान खानासँग जंगली च्याउ खाएकी मृतक प्रजाको दिउँसो करिब ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
