काठमाडौं । चिनको बुहान बाट कोरोना भाइरस कोभिड १९ को संक्रमण शुरु भएपनि विश्व का बिभिन्न देशहरुमा पछिल्लो समय कोरोनाका नयाँ भेरिएन्ट देखिएकाछन् । बिश्व स्वास्थ्य संगठन ( WHO ) ले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । जसमध्ये भारत बाट पछिल्लो समय नेपाल तिर छिरेको भेरिएन्टको नाम पनि डेल्टा राखिने जानकारी प्राप्त भएको छ ।
विश्व स्वास्थ्य संगठन ( WHO ) ले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।
भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ । कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।