Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रवि लामिछानेले फर्काएका सुरक्षाकर्मीहरु गृहमा फर्किए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 20, 2023
[webverse_shares]

काठमाडौं । विभिन्न विवादमा परेपनि ३३ दिन गृह मन्त्रालय सम्हाल्दा रवि लामिछानेले मन्त्रालयमा व्यापक सुधारको सुरुवात गरेका थिए । मन्त्री भएको भोलिपल्टैदेखि उनले सुधारका काम थालेका थिए । तर, उनी हटेसँगै मन्त्रालयमा विकृति बढ्न थालेको छ ।

लामिछानेले तेस्रो दिन नै सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियान थालेका थिए । त्यसअन्र्तगत मन्त्रालयमा कार्यरत सुरक्षाकर्मीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीमा फर्काइएको थियो । गृहमा चालक हुँदा हुँदै पनि गृहका उच्च अधिकारीले सुरक्षाकर्मीलाई आफ्नो चालक राखेका थिए । अझ कतिपयले त चालकको पैसा आफैं बुझेर समेत सुरक्षाकर्मीलाई गाडी चलाउन लगाउँदै आएका थिए ।

लामिछाने हटेसँगै फेरि गृहमा पुरानै विकृतिले निरन्तरता पाउन थालेका छन् । सुरक्षाकर्मीको दुरुपयोग पनि फेरि सुरु भएको छ । गृहका कर्मचारीले चिया पकाउनेदेखि गाडी चलाउनसम्म सुरक्षाकर्मी राखेका छन् ।

सहसचिव तहका कर्मचारीले मात्र गाडी सुविधा पाउने व्यवस्था छ । तर, गृहका सबै जसो उपसचिवले गाडीको सुविधा लिदै आएका छन् । गाडी र इन्धन पाएपनि चालक पर्याप्त नहुने भएपछि उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरी चालक झिकाएर आफ्नो गाडी चलाउन लगाउने गरेका हुन् । मन्त्रालयले नियमित फाइल नै रोकिदिने भएपनि सुरक्षा निकायको नेतृत्वले पनि यस्ता दबाब झेल्ने आँट गर्दैनन् ।

त्यस्तै, गृहमा सुराकी खर्च दुरुपयोग पनि बढेको छ । गृहमन्त्री र गृहसचिवले दैनिक सुराकी खर्च गर्न पाउने अधिकार छ । त्यसको दुरुपयोग गरी गृहसचिव विनोदप्रकाश सिंह लगायत कर्मचारीले त्यस्तो रकम आफैं बुझ्ने गरेको स्रोत बताउँछ ।

मन्त्री नभएकाले गृहसचिव सिंहले मन्त्रीकै शैलीमा मन्त्रालय चलाउने प्रयास गरेका छन् । उनले सुधारका काम भन्दा अधिकारको दुरुपयोगतर्फ केन्द्रीत भएको स्रोत बताउँछ । उनकै असक्षमताका कारण एक महिनाभन्दा लामो समयदेखि मन्त्रालयमा डेढ दर्जन सहसचिव र उपसचिव जिम्मेवारीविहिन छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved