Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के महिलालाई हस्तमैथुन हानिकारक छ ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 16, 2023
[webverse_shares]

काठमाडौं । ‘म २५ वर्षकी भएँ । मलाई याद छ कि पुरुषहरु विद्यालयमा हस्तमैथुनबारे खुलेर कुरा गर्थे । तर, केटीहरु ?’ स्पष्ट छ उनीहरुलाई यसको लागि स्वतन्त्रता छैन ! यदि कुनै केटाले हामी सबैजसो केटीहरुलाई हस्तमैथुनको बारेमा सोधे भने हाम्रो जवाफ हुन्छ, ‘गरेको छैन, यो अश्लील हो । हामी हस्तमैथुन गर्नेले पनि जवाफ यस्तै दिने गर्छौं ।

जबकि यही प्रश्न कुनै केटालाई सोधियो भने उनले धक नमानी भन्नेछन्- ‘लुकाउने कुरा के छ र ? हस्तमैथुन गर्छु ।’ यी जवाफहरुबाट के भेउ मिल्छ भने, महिलामा कामुकता हुँदैन र यस सन्दर्भमा पुरुष अगाडि छन् ।

के हानिकारक छ ?
जो युवती हस्तमैथुन गर्छन् उनीहरु यस्तो कुरा गर्न लजाउँछन् । तर, पुरुषको हकमा यस्तो छैन । म त्यस्तै किशोरी थिएँ, जोसँग व्यवहारमा यी सबै हुन्छ । म मान्छु, मेरा कुनैपनि महिला साथीहरुले हस्तमैथुन गरेनन् । त्यो उमेरमा त मैले पनि गरिन । म सोच्थे कि यो अश्लील हो, यसले मेरो गुप्तांग विकृत हुनेछ ।

म विगतलाई कोट्याउन चाहन्छु । जहाँ हना डराएकी किशोरी हुन् र उनी कोठामा गएर आफैँलाई छुन भनिरहेकी छिन् । तर, यस्तो गर्नका लागि पनि बर्षौंको प्रतीक्षा गर्नुपर्‍यो । २० वर्षको उमेरमा पनि मैले यस्तो गर्न सकिन । त्यसपछि मात्र मैले पहिलो यौनसुख प्राप्त भयो । मलाई लाग्थ्यो कि महिला हस्तमैथुन केही अनौठो किसिमको हुन्छ ।

अलग-अलग तरिका
किन हाम्रो शरीर र त्यसका लागि यौन सुख एक आधारभूत आवश्यक्ता हो भन्ने बुझ्दैनौं । हामीलाई चित्रको माध्यमबाट लिंग र भजाइना देखाइएको थियो । तर, भजाइनाको बारेमा बताइएको थिएन । के अधिकांश मान्छे आफ्नो गुप्ताङ्गको बारेमा नबुझी नै ठूला भएका हुन्छन् ।

पोर्नमा केवल यौन उत्तेजना महसुस गर्न सकिन्छ । तर, हामीले बुझ्नुपर्छ कि युवाहरु अलग अलग तरिकाले यौन सुख प्राप्त गर्छन् । युवाहरुले आफ्नो गुप्ताङ्गको बारेमा जान्नुपर्छ । उनीहरुले मूलधारको पोर्नमा अल्झिएर बस्नु हुँदैन । मान्छेमा यौनसँग सम्बन्धित भ्रम, लाज, पछुतो पनि बाँचिरहेको छ ।

हस्तमैथुनको बारेमा खुला चर्चा गर्न थालेपछि मैले पाएँ कि, धेरैजसोले किशोरवयमा हस्तमैथुन गरेका थिएनन् । किनभने यो उमेरमा यौनलाई लिएर हामीमा एक किसिमको लाज, ग्लानी हुन्छ । यो कुरा गलत हो भन्ने धारणा गहिरोसँग बसेको हुन्छ । यौनजन्य गतिविधि गर्नु घृणित हो भन्ने बुझ्छन् ।

१५ वर्षको उमेरमा मलाई मेरी आमाले हस्तमैथुनको बारेमा बताएकी थिइन् । साथै हस्तमैथुन गर्नु सामान्य र स्वाभाविक हो भन्ने बुझाएकी थिइन् । साथसाथै हस्तमैथुन गरेपछि आफुलाई कसरी सबैभन्दा राम्रो तरिकाले यौन सुख प्राप्त हुन्छ भन्ने ज्ञान हुन्छ । विवाहपछि यौनसुख प्राप्त गर्नका लागि विवाह अघि हस्तमैथुन गर्नु उचित हुने कुरा गरेकी थिइन् । यतिबेला मेरो जवाफ थियो, ‘आमा मसँग यस्तो कुरा नगर्नुहोला ।’ तर, कम्तीमा उनले प्रयास गरे र मलाई अहिले राम्रो लग्यो ।

महिला हस्तमैथुनका सम्बन्धमा चारैतिर मौनता छ । यो एक हानिकारक मान्यता हो कि, महिला कामुक हुँदैनन् । म यसलाई बकवास भन्छु । महिला पनि कामुक हुन्छन् । महिलामा पनि पुरुषमा जस्तै यौन इच्छा हुन्छ । उनीहरु पनि पुरुषले जस्तै यौनसुख लिन चाहन्छन् ।

हामी कहिले काहीँ यस्तो यौन सुख लिन रुचाउँछौं, जहाँ हामी नितान्त एक्लो हुन्छौं । त्यहाँ कोही नहोस् । यति लामो समयपछि म आफ्नो देहसँग एकदमै सहज छु । म आफैले आफैबाट यौनसुख प्राप्त गर्न सक्छु । म आफ्नो पार्टनरबाट के चाहन्छु रु यस सम्बन्धमा पनि मसँग आत्मविश्वास छ । हरेकको कामुक अलग अलग तरिकाको हुन्छ ।

मलाई लाग्छ, हस्तमैथुन सबैभन्दा सहज र सुरक्षित तरिका हो । कुनैपनि किसिमको स्पर्शबाट तपाईं यौन सुख लिन सक्नुहुन्छ । यसले अरुलाई कुनै हानी गर्दैन । अरुलाई असर गर्दैन ।

राम्रो निद्रा र तनावमुक्त :
हस्तमैथुनले केही ओखतीको काम पनि गर्छ । यसबाट तपाईंले गहिरो निद्रा प्राप्त गर्न सक्नुहुन्छ । साथै तनावबाट मुक्त पनि रहन सक्नुहुन्छ । अरु औषधिबाट यस्तो कुरा सहजै प्राप्त हुँदैन, जुन हस्तमैथुनबाट हुन्छ । यसका लागि यौन उत्तेजनालाई बुझ्ने कक्षा हुनुपर्छ । हस्तमैथुनले तपाईं र तपाईंको यौनजीवनलाई अरु सशक्त बनाउँछ । बिबिसीबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved