Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओखलढुङ्गामा तीन वर्षभित्र २१ दुर्घटना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2023
0 shares

काठमाण्डौ । ओखलढुङ्गामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ । पछिल्लो तीन वर्षमा २१ सवारीसाधन दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो । आव २०७८/७९ मा नौ सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

चालु आव २०७९/८० मा १० सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । पछिल्लो समय सवारीसाधन दुर्घटना बढेका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले बताए ।

कच्ची सडक, कोचाकोच यात्रु दुर्घटनाको कारक:

यही फागुन २१ गते चिशङ्खुगढीको दियालेमा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो । बाह्र जना घाइते भए । खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना१ज ८४७३ नंको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनाको प्रमुख कारण कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै हो । पाँचजनाको क्षमता भएको जिपमा १४ यात्रु थिए । अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दास बताउनुहुन्छ ।

‘सडक मापदण्ड अनुसारका छैनन् । जथाभावी खनिएका सडक साँघुरा, असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका छन् । यात्रु कोचेर बोक्ने चलन छ’, उनले भने, ‘गाउँगाउँका सबै सडकमा प्रहरी परिचालन गर्न सकिने अवस्था छैन ।’

जिल्लाका आठवटै स्थानीय तहका ७५ वटै वडाका टोेलटोलमा सडक खनिएको छ । तर स्तरोन्नति नहुँदा जोखिमयुक्त सडकमै यात्रा गर्नुपर्ने जिल्लावासीको बाध्यता छ ।

बीमा दाबी नहुँदा उपचारमा समस्या :

क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटनामा परेका सवारीधनीले घाइतेको उपचार गराउन सकेका छैनन् । धेरैजसो सवारीधनी आफैँ चालक हुने, दुर्घटनामा चाकलसमेत घाइते हुने र सिट क्षमताअनुसार मात्रै बीमा हुने हुँदा समस्या भएको छ । यात्रुले बीमाको सुविधा नपाउँदा खर्च अभावले उपचारमा समस्या हुन्छ ।

यसरी क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटना भएका सवारीसाधनले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्तिसमेत दिन सकेका छैनन् ।

प्रायः सवारीले बीमा कम्पनीसँग चाकल, यात्रु र सडकमा ठोक्किन सक्ने परिस्थितिको समेत आङ्कलन गरेर तेस्रो पक्ष बीमा गर्ने र दुर्घटनामा परे उक्त बीमा दाबी गरेर पीडितलाई भुक्तानी गर्ने चलन छ । अझ कतिपय निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडाका यात्रु बोक्ने र दुर्घटनाको बीमा दाबी नहुने समस्या छ ।

सबैजसो चालकले नियम मान्नुको सट्टा ट्राफिक प्रहरीको आँखा छल्ने गरेका छन् । गाउँबाट सामान राख्ने ठाउँमा र छतमा समेत यात्रु राखेर ल्याउने चालकले सदरमुकाममा ट्राफिक देखिनुअघि नै यात्रु ओराल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved