काठमाडौं । ओखलढुंगाकाे रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटनामा परेकाे छ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएकाे छ ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरी लाई उदृत गर्दै सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएकि छिन् ।
नेपालका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।
