काठमाडौं ।शान्ति युवा क्लब दमक ९ को आयोजनामा चन्द्रमा चौक स्थित निर्माणधिन अवस्थामा रहेकोे चन्द्रमा फन पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
क्लबको अध्यक्ष सन्जित तामाङ नेतृत्वमा सरसफाइ कार्यक्रम सप्पन्न गरिएको हो । सो सरसफाइ कार्यक्रममा ४ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु समेत उपस्थित रहेका थिए ।सरसफाइ अभियान ८ बजे सुरुवात भएको क्लबको सचीव मिलन तामाङले बताउनुभयो।
स्थानीय अभिभावकहरुको उपस्थितमा क्लबले सरसफाइ कार्यक्रम गरि यश क्षेत्रलाई पर्यटकीय स्थल रूपमा विकास गर्न क्लबले सरसफाइ अभियानलाई तीब्र बनाएको समेत सचिब तामाङले बताउनुभयो।
