काठमाण्डौं । खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–२ सोल्मास्थित साकेला थानमा भिडभाडका साथ साकेला नाँच्नेहरु प्रहरी नियन्त्रणमा परेकाछन् ।
जिल्ला प्रशासन कार्यालयको बिज्ञप्तीलाई उल्लंघन गरी बाक्लो उपस्थितिमा साकेला नाँच प्रदर्शन गरिरहेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
कोरोना भाइरस कोभिड १९ को महामारीका बिच भिडभाड नगर्ने,बिबाह,कार्जे,भोजभत्तेर नगर्ने,कार्जे नै गर्नु परे बिधि मात्र फुकाउने भनिएकामा मानिसशको भिडभाड हुने गरी साकेला नाँच्नेहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याई सम्झाएर पठाइएको प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाको भनाई रहेको छ ।
यो बिषम परिस्थीतीमा सामाजिक कार्य नगर्न भनिएको अवस्थामा कोही कसैले जवरजस्त यस्ता कार्य गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनु भएको छ ।
मानिस भेला भएको, अनावश्यकरुपमा घर बाहिर निस्कने र भेला जम्मा गरि सामाजिक कार्य गरेको थाहा पाए तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न जिल्लाभर सुरक्षा निकायलाई परिचालन गरिएको चिमोरियाको भनाई छ ।
