आकाश मगर,उदयपुर।
उदयपुर जिल्लाको रौतामाई गाउपालिका वडा नम्बर -८ मा आज साझ ४:३० बजे तिर आगो लागि हुदा दुइ जनाको ज्यान गएको छ। राम बहादुर बुर्जा मगरको घरमा बिधुत सर्ट भैइ आगो लाग्दा दुई बर्षिय बालक र ६ बर्षिय बालिकाको मृत्यु भएको छ।
रौतामाई ७ राजाबासका समाजसेबि गजेन्द्र मगरले बताउनु भयो । घर भने जलेर पुर्ण नष्ट भएको छ। बाकिं क्षतिको बिबरण आउन बाकि छ । हावाहुरि र मनपरि बिजुलिको खम्बा असुरक्षित तरिकाले सडक पेटि र बारिको डिलहरुमा राख्दा झनै असुरक्षा बढेको छ।
रौतामाई :८ कोप्चे झिरुडाडा नजिक मुर्कुचि भुट्टार सडक खण्डमा बिजुलिका नाङ्गो तारहरु असुरक्षित तरिकाले राखिएको छ , कति ठाउमा उफ्रेर छुन सक्ने र केटाकेटिले लठ्ठिले हिर्काउन सक्ने ठाउमा तारहरु लत्रिएकाे अवस्थामा रहेकाे छ।