काठमाडौँ । आज हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुनेछ ।
संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुने निर्वाचन आयोगले जनाएको छ।
नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।
