काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुनेभएको छ । उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।
रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ । प्रारम्भिक सुनुवाइमा निवेदक तर्फबाट बहस हुन्छ । विपक्षी प्रत्यर्थीले प्रारम्भिक सुनुवाइमै सरिक हुनका लासग निवेदन दिएमा प्रत्यर्थी समेतले बहस गर्न पाउँछन् ।
