काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ । मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।
नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
राष्ट्रपतिमा गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।
