काठमाडौं । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँ पालिका स्थित रहुटार नजिककाे भिरबाट जीप पल्टिँदा दुई जनाको ज्यान गएको छ भने उक्त दुर्घटनामा परि ९ जना गम्भीर घाइते भएका छन् ।
चिसङ्खुगढी गाउँपालिका-३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना भएको चिसङ्खुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले जनाएका छन्।
दुर्घटनामा मृत्यु हुने मिनबहादुर श्रेष्ठ साेहि पालिका -३ का पुर्व वडा अध्यक्ष गंगा श्रेष्ठका बुबा हुन् भने अर्का मृतक भक्तबहादुर थापा गत मंसिर ३०मा समपन्न स्थानिय निर्वाचनमा नेकपा एमालेका तर्फबाट पालिका अध्यक्षका लागि उमेदवार समेत रहेका अशाेक थापाका बुबा रहेकाे पालिका अध्यक्ष शर्माले फाेन मार्फत जानकारी दिएका छन् ।
दुर्घटना ग्रस्त जीपमा ११ जना यात्रु सवार थिए भने मृत्यु भएका मीन बहादुर श्रेष्ठ जीपकाे छतमा थिए । दुर्घटनामा घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेका छन् ।
घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको र हाल महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा उपचार भईरहेकाे शर्माले जानकारि दिएका छन्।उक्त दुर्घटनामा परि पुर्व वडा अध्यक्ष गंगाकाे आमा, श्रीमती सहित एक बच्चा समेत घाइते भएकाे जनाएकाे छ।
