काठमाडौं । झापाकाे दमक ४ की १५ बर्षिया एक किशोरी आफनी आमाको दशगात्र किरियामा बसिरहेकी छिन ।
स्थानीय एक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत उषा श्रेष्ठ आमा सुनिता श्रेष्ठको निधनपछि १० दिन अघिदेखि काजकिरियामा बसेकी हुन । बुबा रतन श्रेष्ठ र आमा सुनिताको कोखबाट जन्मिएकी एक मात्र सन्तान हुन उषा ।
उनकी आमा सुनिताको ३८ बर्षको अल्पायूमै आफैले आफेैलाई छुरि हानि आत्माहत्या गरेका थिइन् । मृतककि एकलि सन्तानकाेरुपमा रहेकाे उषालाई नेवारी परम्परा अनुसार नेवारी पुरोहित (गुवाजु) प्रेमकुमार श्रेष्ठले काजकिरिया गराइरहेका छन । स्वर्गीय सुनिताको कोखबाट जन्मिएका अन्य छोराछोरी कोही नभएका कारण एक मात्रै छोरी उषाले उनको बैकुण्ठबासको कामना गर्दै परम्परा अनुसार कोरामा बसेर आशोच बारिरहेकी उषाका हजुरबुबा ७६ बर्षिय लालसुन्दर श्रेष्ठले बताए ।
भने, मृतक सुनिताले आफैले छुरिहानि किन आत्माहत्या गरिन भन्ने अहिले पनि अनविज्ञ अबस्थामा छ।मृतककि श्रीमानका अनुसार सुनिताकाे मानसिक सन्तुलनमा केही खराबि रहेकाे ले बताएका छन्।।साे घटना घटेकाे दिन परिवारका सदस्यहरु सबै बारिका काम गर्न गएका थिए भने छाेरी उषा भने काेचिङक्लास पढ्न स्कुल गएकि थिइन्। श्राेतलाई उदृत गरदै छिमेकिले बताए।
श्रेष्ठले आफनो समुदायमा आमाको किरिया गर्न छोरीका रुपमा नातिनी उषा पहिलो हुन सक्ने अनुमान लगाएका छन । लालसुन्दरले भने– नहुनु घटना भइहाल्यो, नातिनी बालखनै हो तर पनि उसकी आमा (हाम्री बुहारी)को काजकिरिया उसैले गर्छु भनेपछि हामीले पनि सहमती दिएका हौं । उसको इच्छालेनै आमाको किरिया गरेकी हो । उनले परम्परा अनुसार १३ औं दिन सम्मनै बुहारीको किरियामा नातिनी बस्ने बताए ।
