Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लोत्से मलमा लुटपाट गर्ने व्यक्ति सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 16, 2023
6 shares

काठमाडौं ।

काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि आज सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका जानकारी गराएको छ । अन्य संलग्नको खोजी कार्य जारी रहेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उक्त मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्राली, डायमन्ड मोबाइल प्राली तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालीमा तोडफोड गरी उक्त पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायतका सामान चोरी गरी लगेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएकामा घटाउनुपर्ने, माइक्रोबस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर सङ्गठनले गरेको आन्दोलनका क्रममा यही फागुन १ गते त्यहाँ तोडफोडसहित लुटपाट भएको थियो ।

उक्त घटना भएको थाहा पाएपछि तत्कालै प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल मुचुल्कालगायतका कार्य सम्पन्न गरी घटनामा संलग्न व्यक्तिको खोजतलास गरी अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको परिसरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

उनीहरुबाट चोरिएका केही सामग्री बरामद गरिएको जानकारी दिँदै प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २० अन्तर्गत चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved