काठमाडौं ।
रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ ।
प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो ।
यसअघि युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेपनि दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलकहाँ पुगेका थिए । विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको आरोप लामिछानेमाथि छ ।

