बिशु गुरुङ / ललितपुर उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निराैलाले जानकारी दिए ।
संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा रहेको र निषेधाज्ञाले दैनिक कामकाज र मजदुरी गर्ने बर्गको दैनिकी जनजीवन प्रभावित भएको भन्दै निषेधाज्ञा खुकुलो पार्ने तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी निराैलाले बताए ।
अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने र नागरिकलाई सधैं घरभित्र थुनेर राखेर मात्र समस्याको समाधान नहुने बताउदैं नागरिक आफैं सचेत भए र स्वास्थ्य मापदण्ड पालन गरे परिस्थिति सहज हुन सक्ने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअहरु सहमत भएको उनले बताएका छन् ।
जेठ २० गते२० गते निषेधाज्ञा खुकुलो बनाउने तयारी खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।
