खाेटाङ। दस स्थानियतह रहेकाे खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका कर्मचारीहरु नगरले गरेका बिकास निर्माणहरुमा भएकाे अनियमितताकाे बिषयमा गैर जिम्मेवार देखिएका छन्।
२०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुबाट गरिएका बिकासका कामहरुमा चरम अनिएमितता भएकाे जनगुनासाे रहँदा रहँदै गत बैशाष ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुबाट समेत यस्ता अनियमिततामाथि चासाे दिएकाे देखिएन।
निर्वाचित हुँदै गर्दा हालका नगर प्रमुख तथा उपप्रमुखले नगर सभा मार्फतनै अघिल्लाे कार्यकालमा भएकाे अनियमितताकाे छानविन गर्ने भनेर गठन गरिएकाे अनुगम टाेलिले पनि खासै काम गरेकाे देखिन्न।
यस्तै ,अनियमितताहरु मध्यबाट पञ्चर्दाेबाटाे – स्वास्थ्यचाैकि खड्किला निर्माणमा चरम अनियमितता भएकाे तथ्य केही महिना अघिनै बाहिरियकाे थियाे।जसका लागि स्थानि एक ब्यक्तिले साे बिषयमा सूचना माग गर्दा नगरका सूचना अधिकारी माेहन कुमार भट्टराईले निवेदननै गाएब गराएका थिए।
पटक पटक सूचना माग गर्दा समेत उपलब्ध नभएपछि राष्ट्रिय सूचना आयाेगसम्म पुग्दा बल्ल सूचना उपलब्ध गराईयकाे थियाे।जुनसूचना तथा उक्त याेजना पास गर्ने ताकाकाे निमित्त प्रमुख समेत रहेका माेहन कुमार राउतकाे अनुसार १४ लाखमा काम सक्ने भन्दा भन्दै ३९ लाखकै भुक्तानि गरिएकाे खुलेकाे थियाे।
तर उक्त याेजना सम्पन्न गर्न बनेकाे उपभाेक्ता समितिका अध्यक्ष परसुराम राईले भने २लाख ५० हजार भुक्तानि बाकि रहेकाे बताएका थिए। भने याे बिषय उठान भइरहँदा जिल्लामा कृयासिल पत्रकारहरुले याे समाचार तयार पार्दा सम्म केही लेखेका छैनन्।

जुन याेजनामा उपभाेक्काेता समितिकाे छापपनि गलत थियाे भने उपस्थित गराएकाे माइनुटिकमा मृत्यु भएका राजकुमार रम्तेलकाे समेत नाम उल्लेख गरेर किर्ते हस्ताक्षर गरिएकाे थियाे।

त्याे थियाे अनियमितताकाे एउटा उदाहरण भने आर्थिक बर्ष २०७८/७९मा काेभिड राहतमा समेत लाखौं अनियमितता छ भन्ने अपुस्ट सूचना स्थानिय नागरिकहरुबाट प्राप्त भए पश्चात साे काे स्पष्टताकास लागि नगरका सूचना अधिकारीसग सूचना माग गर्दा कुनै चासाे नदिएपछि कार्यालय प्रमुखलाई समेत सूचना माग गरिएकाे छ जसकाे म्याद सकिँदा सम्म मतलव गरिएकाे छैन। यस्ता घटनाहरुबाट स्पष्ट बुझ्न सकिन्छ कि नगरमा कर्मचारी तन्त्र बलियाे छ।
साे काेभिड काेषकाे सूचनाकाे बिषयमा नगर प्रमुख तिर्थराज भट्टराई तथा उप प्रमुख बिसन राई सँग समेत जानकारि गराई सकिएकाे छ तर पनि आजकाे मिति सम्म कुनै सुनुवाइ भएकाे छैन। के नगरकाे सूचना लिनका लागि पटक पटक राष्ट्रिय सूचना आयाेगकै मुख ताक्नु पर्ने हाे?
खाेटाङ: बिकास निर्माणमा चरम अनियमितता,नगर प्रमुख देखि कर्मचारिहरुकै मिलेमताे
