खाेटाङ। खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कमा सञ्चालित साप्सुखोला लिफ्टिङ खानेपानी आयोजना विवादमा तानिएको छ ।
वडाका राजनैतिक दलका प्रतिनिधिहरुले आज विज्ञप्ति जारी गर्दै समितिले गरेको काम प्रति असन्तुष्टि जनाएपछि विवादमा तानिएको हो ।
नेकपा माओवादी केन्द्रका वडा कार्य समिति अध्यक्ष पुष्पलाल खनाल, नेकपा एमालेका वडा कार्य समिति अध्यक्ष तथा वडाका वडा सदस्य युवबहादुर कार्की र उपभोक्ताका तर्फबाट प्रेम खनालले हस्ताक्षर गरेको बिज्ञप्तिमा आयोजना सञ्चालन गरिरहेको उपभोक्ता समितिले गरेको काम आफूहरुलाई चित्त नबुझेको भन्दै बिज्ञप्ति जारी गरेका छन ।
उनीहरुले समिति अध्यक्ष सरोज राईले विस्तार गरेको समिति मनोमानी र एकलौटी ढंगबाट भएको भन्दै आफुहरुको चित्त नबुझेको बिज्ञप्तिमा उल्लेख गरेका छन । प्रकृयागत काम नभएको, उपभोक्ता समिति मनोमानी ढंगले बिस्तार गरेको भन्दै समिति खारेजीका साथै अविलम्व सर्वपक्षीय समिति गठनको माग समेत गरेका छन ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका, संघीय खानेपानी कार्यालय दिक्तेल खोटाङ, जिल्ला प्रशासन कार्यालय खोटाङलाई बोधार्थ राखी बिज्ञप्ति जारी गरिएको छ । स्थानीयका अनुसार नेकपा मोओवादी र नेकपा एमालेका नेता कार्यकर्ताहरुले आयोजनाको कामप्रति असन्तुष्टि जनाउदै आएका छन ।
संघीय खानेपानी आयोजनाको कुल रकम रु. २९ करोडमा शुरु भएको खानेपानी लिफ्टिङ आयोजनाको काम अहिले ३० प्रतिशत सम्पन्न भैसकेको छ ।
यस बिषयमा विज्ञप्तिमा यस्ताे जनाइए पनि उपभाेक्ता समिति बनाउने समयमा राजनितिक दलहरुकाे सहमतिमै अध्यक्ष नेपाली काँग्रेसकाे तर्फबाट सराेज राई , उपाध्यक्षमा एमालेका तर्फबाट रमेश सुएल र सचिवमा माओवादी केन्द्रकाे तर्फबाट अनाेज राई रहेकाे वडा अध्यक्ष रामबहादुर कटवालले बताएका छन्।
हस्ताक्षरित विज्ञप्तिमा हस्ताक्षर गरेका एमाले वडा कमिटि अध्यक्ष समेत रहेका युवबहादुर कार्कि भने साेहि वडाका निर्वाचित वडा सदस्य समेत रहँदा आफै जनप्रतिनिधि रहेर आफै सदस्य रहेकाे वडाकालागि विज्ञप्ति जारि गरिनु लज्जास्पद र हास्यास्पद देखिएकाे छ भने वडामा आएकाे एउटा राम्राे कामकालागि समेत पार्टिगत हानाथापले याेजनानै अवरुद्घ हुने त हैन भन्ने सङ्का उत्पन्न भएकाे छ।

याे पनि पढ्नाेस👉️👉️https://suchanachautari.com/20764/?fbclid=IwAR2VpuOUzdVeQXwMOwsMQ5tXdCIpL1Hw6T734ZOa-7py1L9Ji_kw0KgawpM
