Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपलका पहिचानवादी शक्तिहरु एकहुने मनसायमा, कुमार लिङ्देनले के गर्लान्?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 7, 2023
261Shares

काठमाडौं ।आफ्नै सहकर्मीहरुदेखि एकताबाट भाग्दै आएको आरोप लाग्दै आएको कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई फेरि जनता समाजवादीसहित दुई वटा पार्टीले एकताको प्रस्ताव आएको छ ।
जनता समाजवादी पार्टीले सोमबार (माघ २३) संलोरामलाई औपचारिक रुपमा पत्र पठाएर एकताको प्रस्ताव पठाएको छ ।
जसपा राजनीतिक समितिको नीति, बिचार र सिद्धान्त मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय अनुसार एकताको प्रस्ताव गरिएको पत्रमा उल्लेख छ ।

पार्टीको एकता वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा अग्रगामि विचार राख्ने पार्टीहरु कमजोर भएकोले संगठनको माग, मुद्धा जनता सामु स्थापित गर्न सहि बाटो र सुदृढ संगठन आवश्यक रहेको उल्लेख छ । पहिचान सहितको संघीयता र समाजवाद स्थापित गर्न विचार र संगठनात्मक एकताको लागि प्रस्ताव गरिएको पत्रमा उल्लेख छ ।
जसपाले पत्र पठाउनु २ दिन अघि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले पत्र मार्फत नै पार्टी एकता वा कार्यगत एकताको लागि प्रस्ताव पठाएको थियो ।

करिव तीन हप्ता अघि पुस २८ गते राष्ट्रिय जनमुक्ति पार्टीले लिङ्देन नेतृत्वको संलोरामलाई एकताको औपचारिक पत्र आएको थियो । पार्टी अध्यक्ष केपी पालुङ्वाको हस्ताक्षर भएको पत्रमा केशव सुर्यवंशीलाई वार्ता समिति संयोजक तोकेर एकताको लागि प्रस्ताव गरेका थिए । गत निर्वाचनमा जसपा अघिल्लो निर्वाचनभन्दा कमजोर भएको छ ।

 

अघिल्लो निर्वाचनमा प्रदेश १ मा समानुपातिक एक सिट जितेको संलोरामले यो निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेर एउटै सिट जितेन । जनमुक्ति पाहिचान कै पक्षमा समाइरहे पनि १ नम्बर प्रदेशमा प्रदेश सभामा मात्र होइन पालिका स्तरसम्म जित्न सकेको छैन् ।
पछिल्लो निर्वाचनमा जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नै पराजित हुनुको साथै पहिचानमा आधारित पार्टीहरु कमजोर भएपछि विचार, सिद्धान्त मिल्ने पार्टीहरुवीच एकता प्रयास भइरहेको छ ।

यही क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम)लाई निरन्तर एकताको प्रस्तावहरु आइरहेको बुझिएको छ । यद्यपि संलोराममा भने एकता गर्ने र नगर्ने दुई धार देखिएर संगठनमै समस्या उत्पन्न भएको छ । अध्यक्ष कुमार लिङ्देन पार्टी एकताको पक्षमा नरहेकोले विचार मिल्ने संगठनहरुसँग एकता गरेर जानुपर्ने बिषयमा दबाब दिनु परेको बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ र महासचिव अशोक चेम्जोङ (गुरुङ—चेम्जोङ)समूहको भनाइ छ ।

जनमुक्ति पार्टीले एकता प्रस्ताव पठाएपछि सो बिषय र निर्वाचनको समीक्षा गर्न बैठक बोलाउन अनुरोध गर्दा अध्यक्ष कुमार लिङ्देनले वास्ता नगरेको गुरुङ—चेम्जोङ समूहको आरोप छ । बैठक राख्न दबाब दिदा गुरुङ—चेम्जोङ समूहमा रहेका आठ जना नेताहरुलाई कारबाहीको घोषणा गरेका थिए । आफ्नो समूहको नेताहरुलाई बिज्ञप्ति निकालेर कारबाहीको घोषणा गरेपछि गुरुङ—चेम्जोङ समूहको बैठक बसेर अध्यक्ष निङ्देनलाई संगठनको ३५ दिन र कारबाही फिर्ता लिन अन्टिमेटम दिएका थिए ।

कारबाही फिर्ता लिन सकिएको अल्टिमेट्म सकिदासम्म अध्यक्ष लिङदेनले वास्ता गरेनन । अल्टिमेटमलाई वास्ता नगरिएपछि गुरुङ–चेम्जोङ समुहले बिधानको लामो ब्याख्यासहित सोमबार (माघ २२) पुन बिज्ञप्ति निकालेर कारबाही बिधान बिपरित भएको भन्दै खारेज गरेको घोषणा गरेको छ । संगठनको केन्द्रीय बैठक राख्न दिइएको ३५ दिने अल्टिमेटम भने कायम छ ।

जसपा, जनमुक्ति र नागरिक उन्मुक्ति तीन वटा पार्टीले एकता प्रस्ताव गर्दा सो पत्रहरु बारे धारणा राख्न अध्यक्ष लिङ्देनले बैठक बोलाएर एकताको पक्षमा जान्छन वा एकता गर्न नहुने कार्यकर्तालाई सन्तुष्टहुने तर्क के देलान वा के गर्लान अध्यक्ष कुमार लिङ्देन ?

यद्यपि देसका ठुला दलहरुले एकतान्त्रिय नश्लिए राजनिति गरिरहेकाे दल र पार्टिहरुमा आफ्नाे पहिचानकाे कदर नभएकाे अवस्थामा बिचार र सिद्धान्त मिल्ने दल र पार्टिहरु बिच एकता गर्दै आगामि रमजनितिमा पहिचान स्थापित गर्न अग्रसर हुनु पर्ने केही बिज्ञहरकाे सुझाव रहेकाे छ।

 

याे,राताे कमलबाट साभार गरिएको सामग्रि हाे

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved