काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मंसिर २३ मा मेलम्चीको पानी वितरण थालेयता मात्रै ११ सय स्थानमा चुहावट भएको बताएको छ ।
केयूकेएलले पत्रकार सम्मेलन गर्दै पुरानो वितरण सञ्जालका कारण पानीको चुहावट अत्यधिक मात्रामा भएको र त्यसलाई मर्मत गर्ने काम चलिरहेको बताएको छ ।
केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार खानेपानी संस्थानबाट हस्तान्तरण भएको पुरानो लाइनबाट पानी बाँड्नुपर्ने हुँदा धेरै ठाउँमा समस्या भएको बताए ।
‘कतिपय अग्ला ठाउँमा पानी पुग्न सकेको छैन, यस्तो गुनासो दैनिक रुपमा आइरहेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा हाम्रो पानी ट्यांकीमा पानी हुँदा हुँदै पनि वितरण गर्न सकेका छैनौं ।’
