Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यस्तो छ नेत्र विक्रम चन्द ‘विप्लव’ बस्ने झूपडी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2021
biplob
315 shares

काठमाडौं,१७ जेठ । लामो समय भूमिगत राजनीति गरेर पटक पटक चर्चामा आइरहने पात्र हुन्– नेत्र विक्रम चन्द विप्लव । विप्लव भन्ने वित्तिकै आम युवाहरुमा ‘युवा जोशको रक्त संचार हुने गर्छ । केही महिनाअघि देखि शान्तिपूर्ण राजनीतिको गोरेटोमा यात्रा गरिरहेका नेत्र विक्रम चन्द कस्तो घरमा बस्छन् ? के उनी अरु पार्टीका नेता जस्तै आलिसान महलमा बस्छन् या गगनचुम्बी भवनहरुमा रमाइलो गरिरहेका त छैनन् ?
हिजो झूपडीमा बस्ने नेताहरुको सांसारिक मोह र जीवन शैलीको विषयमा तिब्र आलोचना भइरहेको बेला यस्तो प्रश्न उठ्नु स्वभाविक हो ।

त्यसमाथि सर्वहाराको राजनीति गर्नेहरुमाथि सर्वसाधारणले यस्तो प्रश्न गर्नुपर्छ । सामान्यतया नेताहरुको जीवन जनताको जस्तै होस् भन्ने आम चाहाना हुन्छ । नेत्र विक्रम चन्द विप्लवको निवास ठीक त्यस्तै रहेको पाइएको छ । कपलिवस्तुस्थित उनको निवासमा पुगेर अन्तर्वार्ता लिएका पत्रकार राजेन्द्र बानियालाई विप्लवको निवास देखेपछि पत्याउनै गाह्रो भएको भन्दै सामाजिक सञ्जालमा निवास सार्वजनिक गरेका छन् ।
सामान्य झूपडीमा गहुँको खरको छानो हालिएको झूपडीमै विप्लव बस्दै आएका छन् । उनको यो पुख्र्यौली घर हो । तत्कालिन माओवादीमा रहँदा पनि विप्लवले कुनै पनि सार्वजनिक लाभको पद धारण गरेनन् ।

 

पार्टी विभाजन भएपछि क्रमस नेतृत्वमा आएका उनी केही वर्षअघि मात्रै भूमिगत राजनीतिमा होमिएका थिए । विष्फोट, अपहरण लगायत हजारौँ कसुरमा उनी नेतृत्वका पार्टीका कार्यकर्ताहरु अहिले पनि जेलको काल कोठरीमा छन् । जेलबाट कार्यकर्ता रिहाईको सर्तमा वार्तामा आएका विप्लवलाई यतिबेला सरकारले झूक्याएको आशंका सर्वसाधरणले गर्न थालेका छन् ।

उनी सरकार विरुद्ध आक्रमक रुपमा जान पनि सकेका छैनन् । केहीदिन अघि सर्वदलिय सरकार बने आफूहरु पनि सहभागी हुने विज्ञप्ति निकालेपछि उनी विवादमा समेत आएका थिए ।
गाउँको घरमै रहेका उनी स्थानिय जनताको बारीमा गहुँ काट्न गएको तस्विर समेत केहीदिन अघि सार्वजनिक भएको थियो । उनी निष्ठावान र सादगी नेताको रुपमा समेत चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved