आज ब्यक्ति भ्रष्ट हो या ब्यवस्था यस्को अध्यान गर्ने क्रममा नेपाल खानेपानी संस्थानका वहालवाला प्रवन्ध निर्देशक ईश्वर प्रसादको कार्य विवरण अध्ययन गरी हेर्दा प्रष्ट हुन्छ ।
मिती २०७८ पुष १४ गते शेर वहादुर देउवा प्रधानमन्त्री तथा उमाकान्त चौधरी खाने पानी मन्त्री रहेको मन्त्रि परिषदको निर्णय अनुसार मिती २०७८माघ १० को दिन खाने पानी तथा सरसफाई मन्त्रालयको सचिव प्रमिला देवी शाक्य बज्राचार्य ले खानेपानी संस्थानमा कार्यरत ईन्जिनियर ईश्वर प्रसादलाई नेपाल खाने पानी संस्थानको महाप्रवन्धक पदमा कायम हुने पत्र दिईन ।
अब सो नियुक्ती उन्ले किन पाए होलान भन्ने विषय वारे सवैलाई चासो हुन आवश्यक पनि छैन तर उनी संगै सोही कार्यालयमा कार्यरत केही कर्मचारीहरु जस्ले उन्लाई नजिक वाट चिनेका छन ईश्वर प्रसादको नियुक्ती कसरी सम्भव भयो भन्ने चासो रहयो ।
सो चासो को एउटा विवरण २०७५ अषार २९ गतेको दिन नेपाल खानेपानी संस्थानका महाप्रवन्धक लाई नेपाल खानेपानी मन्त्रालयले लेखेको छ अख्तियार दुरुपयोग अनुसंधान आयोगको अध्धयन अनुसार खाने पानी संस्थानमा कार्यरत उप निर्देशक ईश्वर प्रसाद सहितको मिलोमतोमा सार्वजनिक खरिद एैन विपरीत कार्यगरी संस्थानलाई क्षती पुर्याएको देखीन आएकोमा निज समेत थप ३ जनालाई विभागीय कार्यवाही गरी मन्त्रालयमा खबर पठाउनु ।
अख्तियारको अनुसंधान र खानेपानी मन्त्रालयको कार्यवाही जनाउने सो पत्र देखेका सामान्य जनलाई लाग्छ होला सो कार्वाहिकाे चिठ्ठि पश्चात ईश्वर प्रसादलाई कार्यवाही भएको होला उन्को ग्रेड रोक्का भएको होला या अन्य कुनै किसीमको थप कार्यवाही भएको होला तर यथार्थमा उन्को वढुवा भयो । यो कसरी सम्भव छ भन्ने बारे बिधि जान्ने र मान्ने कर्मचारीले विश्वास गरेन्न तर वढुवाको कुर्सीमा बसेको ईश्वर प्रसादको उपस्थितीले उन्लाई मान्न करै लाग्यो ।
२७७८ मंसीर ७ गते फेरी खानेपानी संस्थानलाई सोही ईश्वर प्रसाद माथी लागेका विभिन्न अभियोग संग जोडीन आएका प्रमाणहरु उपलब्ध गराईदिनहुन आदेश आयो , सो पत्र का विभिन्न अभियोगहरु छन जस्तै उनि महोत्तरी जिल्लाका प्रमुख हुदा सम्पन्न भै सकेको कार्यक्रममा उन्ले पुन्ह लगत ईस्टीमेट बनाई रकम दुरुपयोग गरे ।
राजश्व उठाई संस्थानको खातामा रकम जम्मा नगरी आफनी श्रिमतीको नाममा रहेको भारतीय खातामा जम्मा गराए । ५ लाखे कोटेशन को नाममा धेरै रकम हिनामीना गरे,आवश्यक्तै नभएको ठाउमा कर्मचारी भर्नागरी भ्रष्टाचार गरे ,उनि माथी यस्ता प्रयाप्त अभियोग रहेकोले आवश्यक कार्यवाहीमा सहयोग गर्न अख्तियार दुरुपयोग अनुसंधान आयोगले खानेपानी संस्थान संग दस्तावेजहरु मग गर्यो ।
यो कार्यवाही सम्वंधी जानकारी रहेका कर्मचारीहरु आशावादी भए ढिलै भएनी नेपालमा न्याया पाईन्छ भ्रष्टाचार सहदैन नेपालले र नेपालको ब्यवस्थाले तर भयो के भने उनै ईश्वर प्रसादलाई नेपाल सरकारले थप प्रमोशन गरि महाप्रवन्धक बनाईदियो जुन खाने पानी मन्त्रालयले उन्लाई कार्यवाही गर भनि भनेको थियो सोही मन्त्रालयको ब्यवस्थाले उ असल मान्छे हो भनी सिफारीस गर्यो । अब यो उदाहरण देखेका ति बिधि चाहने कर्मचारीहरुले अब कुन आदर्श पहिल्याउने हुन ।
