काठमाडौं । सुकुम्बासी माथि बालेन साहको क्रूरता विरुद्धमा राष्ट्रिय भुमी आयोगका अध्यक्ष श्यामकृष्ण प्रजापति सुकुम्बासीको अवस्था बुझ्दै गरिवहरुको छाप्रोमा । नेपाल सरकारद्वारा गठित राष्ट्रिय भुमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्ष श्यामकृष्ण प्रजापति आफ्नो टिम सहित शुक्रबार बिहान थापाथली स्थित सुकुम्बासी बस्तीमा पुगेर सुकुम्बासीहरुको अबस्थाको जानकारी लिएका छन् ।
यसैगरी आयोगको टोलि संगै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको उपाध्यक्ष राजकुमार पाण्डे बिना बज्राचार्य ,लिला मोक्तान ,सल्लाहकार दलमदन कामी प्रवक्ता स्मिता केसि सहितको मोर्चाका नेताकार्यकर्ताहरुको उपस्थितमा पुरै बस्तिका स्थानीय सुकुम्बासीको अबस्थाको बारेमा जानकारी लिएका हुन ।
थापाथली स्थित सुकुम्बासी बस्ती अवलोकन पछी करिब १८ बर्ष देखि सुकुम्बासीका रूपमा रहेका बसोबासिहरुको कुनैपनि प्रकारको छानबिन बिना जबर्जस्ति उठिबास गर्न खोज्नु अपराध भएको भन्दै बासिन्दाहरु संगको कुराकानीमा आफू अत्यन्तै भाबुक भएको कुरा सुनाउदै ” यो खोला नदिको छेउमा कष्टकर जीवन जिउनु रहर होइन बाध्यता हो ” भन्ने कुरा आफुसहितको टोलिले बुझेको प्रजापतिले भनेका छन् ।
स्थानीय भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासिहरु संगको प्रत्यक्ष भेट र कुराकानी पछी समस्या समाधानको निम्ति सत्तामा पुगेका जिम्मेवार मानिसहरु गैरजिम्मेवार हुदाको परिणाम गरिवहरु अन्यायमा परेको भन्दै सुकुम्बासी अव्यवस्थित बसोबासिको संबिधान प्रदत्त हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाइ जिम्मेवार बनाउदै आफुले पाएको जिम्मेवारी अनुसार आफ्नो टिमले कुनै पनि कसर बाकि नराख्ने कुराको प्रतिबद्धता अध्यक्ष प्रजापतिले आश्वस्त पारेका छ्न ।
आयोगका अध्यक्ष सहितको पदाधिकारीले सुकुम्बासी अव्यवस्थित बसोबासिहरुको अबस्था र नगरपालिकाले गरेको ज्यादति र समाधानका बिषय र स्थानीयहरुको जिवनीको आधारमा वृतचित्र, दस्तावेज बनाउने देखि अधिकारको निम्ति सबै किसिमका उपाए लगाएर सुकुम्बासी अव्यवस्थित बसोबासिहरुको अधिकारको निम्ति काठमाडौं जिल्ला भुमी आयोग सशक्त रूपमा लाग्ने अध्यक्ष सहित उपस्थित भएको टिमले बताएका छ्न।
