Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रजिअ सरुवा गर्न मन्त्रालयद्वारा नयाँ कार्यविधि तयार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 19, 2023
0 shares

काठमाडौँ । प्रमुख जिल्ला अधिकारीको सरुवा गर्न र पहिलोपटक प्रजिअ पठाउन गृह मन्त्रालयले नयाँ कार्यविधि तयार गरेको छ । बुधवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार कार्यविधि स्वीकृत गरेका छन् । प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि –२०७९ अनुसार वरिष्ठ अधिकृतहरुको प्राथमिकता पाउने छन् । सह–सचिवको दरबन्दी भएको ‘क’ वर्गको जिल्लामा प्रजिअ हुन राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतले गृह मन्त्रालय वा विभागमा एक वर्ष काम गर्नुपर्ने छ ।

उपसचिव प्रजिअ हुने १६ वटा जिल्लामा खटिन पाँच वर्ष प्रशासनिक क्षेत्रको कार्य अनुभव हुनुपर्ने कार्यविधि बनेको छ । प्रजिअ बन्न कानुनमा स्नातक गनुपर्ने वा मान्यता प्राप्त संस्थाबाट ३ महिनाको न्याय तथा कानुन सम्बन्धी तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले बनाएको नयाँ कार्यविधि अनुसार उप–सचिव सिधै प्रमुख जिल्ला अधिकारी हुन पाउँदैनन् । उप–सचिव प्रजिअ हुन इलाका प्रशासन प्रमुख वा सहायक प्रजिअ भएर कम्तीमा १ वर्ष काम गरेको हुनु पर्नेछ । काठमाडौं उपत्यकामा सीडीओ हुनका लागि ‘ख’ र ‘ग’ वर्गका जिल्लामा प्रजिअ भएर चलाएका अधिकृतले मात्रै अवसर पाउने छन् । सह–सचिवको दरबन्दी भएको ६१ जिल्लालाई ३ तहमा वर्गीकरण गरिएको छ । काठमाडौं सहितका १२ वटा जिल्लालाई ‘क’ वर्गमा राखिएको छ ।

प्रदेश राजधानी भएको जिल्लामा जान अन्यत्र प्रजिअ भएको वा मन्त्रालयमा काम गरिसकेको हुनुपर्छ ।  कार्यसम्पादन सम्झौता मूल्यांकनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने प्रजिअहरुले तत्काल अर्को जिल्लामा प्रजिअ नपाउने गरी कार्यविधि पारित गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सहसचिवको अभाव भएको अवस्थामा उप–सचिवमा ५ वर्ष पुरा काम गरेका अधिकृतले मात्रै सहसचिवको दरबन्दी भएको जिल्लामा गएर प्रजिअ हुन पाउने छन् । एउटा प्रदेशमा एक वर्ष अवधि काम गरेका अधिकृतलाई सो प्रदेशको अर्को जिल्लामा प्रजिअ हुने नपाउने कार्यविधिमा व्यवस्था गरिएको छ ।

सहसचिवलाई पहिलोपटक प्रजिअ खटाउँदा ‘ख’ र ‘ग’ बर्गको जिल्लामा मात्र खटाउने कार्यविधिमा व्यवस्था छ । तर, मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भएर १ वर्ष काम गरेको अधिकृतलाई ‘क’ वर्गमा खटाउन सकिने व्यवस्था गरिएको छ ।

‘क’ वर्गको जिल्लामा प्रजिअ भइरहेको अधिकृत तत्काल अर्को ‘क’ वर्गको जिल्लामा जान पाउने छैनन् । तर, कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट तीन जिल्लाका प्रजिअ भने ‘क’ बाट ‘क’ वर्गकै जिल्लामा जान पाउनेछन् । प्रमुख जिल्ला अधिकारीको काम गर्ने अवधि १ वर्ष कायम गरिएको छ । तर, २०७९ वैशाख १ अघि खटिएकालाई अन्त सरुवा गर्न बाधा नपर्ने गरी कार्यविधि पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved