Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘मलाई बटुक चाहिन्छ है मम्मी भन्थी’ एयरहोस्टेज सिर्जना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 16, 2023
0

काठमाडौं । रुपन्देही सैनामैना-५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) बोइङको विमानको परिचारिका बन्ने लाइनमा थिइन् । यती एयरलाइन्समा २०७२ देखि उनले काम गर्न सुरु गरेकी थिइन् । मेहनत र लगावले उनको निरन्तर बढुवा भइरहेको थियो । ‘बोइङको परिचारिका बन्ने लिष्टमा उनी छनौट भइसकेकी थिइन्, पासपोर्ट पनि बनाएकी थिइन्,’ नातामा भिनाजु पर्ने रेवन्तबहादुर सिंजालीले भने।

सिर्जना तीन दाजुभाईकी एक्ली बहिनी थिइन्। २९ वर्षीया उनी गएको दशैंमा सैनामैना आएकी थिइन् । शनिबार राति परिवारका सबै सदस्यसँग गफिँदै उनले भोलि (आइतबार) पोखरा जान लागेको सुनाएकी थिइन् ।

उनलाई एयरलाइन्सले छोटो समयमै ७२ सिटे विमानमा काम गर्ने अवसर दिएको उनले बताउने गरेकी थिइन् । विमान दुर्घटनाको खबरपछि परिवारमा चिन्तित थियो । सोमबार साँझसम्म उनको मृत्यु बारे जानकारी दिइएको थिएन ।

दुर्घटनाको खबर पाएकी आमा खिमिसरा थापाले छोरीप्रति विलौना गरिन् । माघे संक्रान्तिको बटुक बनाएर पाहुर पठाउने योजना थियो । काठमाडौंमा बस्दै आएकी सिर्जुकी भाउजु पाहुर बोकेर जाने तयारी गरिरहँदा विमान दुर्घटनाको खबर आएको थियो । खबरले घर छिमेकी शोकमा छन् ।

पाल्पाको बगनासकाली–९ मा जन्मिएकी उनी परिवारको बसाइसराईसँगै सैनामैना आएकी थिइन् । उनले सैनामैनाकै सिद्धार्थ मेमोरियल बोर्डिङमा अध्ययन गरेकी थिइन् ।

उच्च शिक्षा भने बुटवलको सिसिटी कलेजबाट लिइन् । एयर होस्टेजको तालिम सके लगत्तै उनले सात वर्षअघि जागिर पाएकी थिइन् । ‘जागिरका लागि पनि धेरै कुर्न परेन,’ भिनाजु सिंजालीले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved